Posted by: Nepe April 13, 2008
प्रिय तिम्रो मुटु बोकेर हिड्दै छु !
Login in to Rate this Post:     0       ?        

प्रेम गितिका

पाब्लो नेरुदा

 

तिमीसंग बसेको मेरो माया

परिचित

गुलाफको रंग र मणिको चमकमा

बसेको माया जस्तो

छैन ।

 

यो त कुनै

अपरिचित र खतरनाक कुरासंग बसेको

डरमर्दो र गोप्य माया जस्तो

छ ।

 

कहिल्यै नफुल्ने जातको

बिरुवाले

जिउभित्र लुकाई राखेको

फूलजस्तो,

मेरो जिउभित्र

तिम्रो बाक्लो गन्ध

लुकेर बसेको

छ ।

 

कसरी यस्तो भयो ?

किन यस्तो भयो ?

कहिलेदेखि यस्तो भयो ?

अहँ मलाई थाहा छैन

थाहा पाइराख्न पनि चाहन्न ।

 

अरु तरिका पनि हुँदो हो

तर मलाई आउने यसरी नै हो

यसरी नै माया गर्छु, गरिरहन्छु

 

मेरो छातीमा परेको

तिम्रो हात मेरो,

म निदाउँदा

चिम्लने आँखा तिम्रो

 

हो, यसरी एकाकार छु

म तिमीसंग ।

 

 

Transcreated from Sonnet XVII (100 Love Sonnets, 1960)” by Pablo Neruda

Read Full Discussion Thread for this article