के माओबादीको जित "अप्रत्याशीत" हो?"/>
Posted by: Nepe April 13, 2008
के माओबादीको जित "अप्रत्याशीत" हो?
Login in to Rate this Post:     0       ?        

दिलीपज्यू,

 

ईमान्दारिताकासाथ भन्नुपर्दा केही गुण र केही अवगुण सबै दलहरुमा छ । तपाईले पनि त्यसलाई स्वीकार गर्नुभएको छ ।

 

त्यसो हुँदा जनताले आगामी निर्वाचन अवधीभरको लागि कुन गुण र कुन अवगुणलाई बढी महत्वपूर्ण देख्नेछन् भन्ने मात्र प्रश्न थियो ।

 

जनताले परिवर्तनप्रति प्रतिवद्धता र दृढता जसको छ त्यसैलाई मत दिए, ढुलमुलेहरु र यथास्थितिवादीहरुलाई अस्वीकार गरिदिए । कुरा त्यत्ति हो ।

 

माओवादीहरुको पनि अवगुण र कमजोरीहरु छन् । मतदाताहरुको भनाई सुन्दा उनिहरुले त्यसप्रति आँखा चिम्लेर वा क्षमा दिएर माओवादीहरुलाई सम्पूर्ण विश्वास दिएका होइनन्, बरु ती कुराहरुलाई पहरेदारीमा वा थातीमा राखी मुलुकलाई परिवर्तन गराउने जिम्मा दिएका हुन् । यसलाई विश्वासको मत भन्दा पनि आसाको मत भन्नुपर्छ ।

 

अब प्रत्याशित र अप्रत्याशितको कुराहरुमा, सर्वसाधारण जनताले के रोज्छन् भन्ने कुरा तपाई हामी जस्ता नेपाली संभ्रान्त वर्ग भनुम् न (बुद्धिजीवीवर्ग, मिडिया आदि) ले बुझ्ने कोशिस नगरेका वा बुझ्न नचाहेका चाही हौं । नभए अन्तिम क्षणसम्म पनि माओवादीको भारी हार हुन्छ भनेर भविष्यवाणी (खास गरेर ठूला मिडियाहरुद्वारा) गरेको गरेई किन हुन्थ्यो ?

 

अहिले स्वदेश र प्रवासका संभ्रान्तहरु नेपालको विकसित र भरपर्दो मानिएको संचार र सूचना माध्यमहरुले हामीलाई यत्रो समयसम्म यत्रो ठूलो भ्रम र असूचनामा किन र कसरी राखे भनेर महाआश्चर्यमा परिरहेका छन् ।

 

प्रत्याशितलाई अप्रत्याशित कसले, कसरी र किन बनायो ? त्यसको उत्तर भेटिन बाँकी छ ।

 

म स्वयं पनि जनताको निर्णय कस्तो होला भन्ने कुरामा असूचनाहरुबाट बहकिएको रहेछु । यद्यपि दलहरुलाई जोख्ने काममा भने मैले त्रुटी गरेको रहेनछु । ठूला तीन दलहरुलाई म यसप्रकार हेर्दै आएको छु,

 

माओवादी: मिश्रित सर्दाम भएको झोला

कांग्रेस: रित्तो झोला

एमाले: झोला नै नभएको

 

जनताहरुले रित्तो हातवालाहरुलाई पनि माओवादीबाट ऐंचोपैंचो लिएर काम चलाउने गरी कामको जिम्मा देलान् कि भन्ने लागेको थियो मलाई । म निकै हदले गलत साबित भएँ । यसलाई मेरो अप्रत्याशा भने पनि हुन्छ ।

 

Nepe

 

 

Read Full Discussion Thread for this article