के माओबादीको जित "अप्रत्याशीत" हो?"/>
Posted by: Acharya Dilip April 13, 2008
के माओबादीको जित "अप्रत्याशीत" हो?
Login in to Rate this Post:     0       ?        

ब संबिधान सभाको चुनावमा काठमाडौं क्षेत्र नं‌ १ बाट नेपाली काँग्रेसका प्रकाशमान सिंह बिजयी भएको पहिलो नतिजा निक्लियो "ठूला" दलका नेताहरुले सोचे हाम्रो बोलबाला अझै कायम छ र उनिहरु आफ्नो जित प्रति अत्यन्त आशाबादि भए । तर उनिहरु कल्पनाको जित प्रति ढुक्क हुन नपाउदैं धमाधम उनिहरुको सोच बिपरितको परिणाम आउन थाले । "कुनै तुक नभएका" भनिएका दल र "पाँच कक्षा पास नभएका" भनिएका उम्मेदवारले ति 'बुद्धिजिवि' र 'महान' नेताहरुलाई अत्यन्त ठुलो मत अन्तरबाट धमाधम पराजित गर्दै गएको नतिजा निस्कन थालेपछि उनिहरु रनभुल्ल परे ।

अब ति पुराना र 'घाग' मानिएका दल र नेताहरु आफ्नो बचे-खुचेको ईज्जत जोगाउने असफल प्रयास गर्दै अर्को यौटा शब्द प्रयोग गर्न थालेका छन --"अप्रत्याशीत!"। अर्थात अप्रत्याशीत रुपमा माओबादिले चुनाव जित्दैछन रे।

त्यसो त हाल म नेपालमा छैन र चुनाव अगि-पछिका माहौलसंग निकट परिचित छैन, तर यौटा सामान्य नागरिकको हिसाबले सोच्दै जादां मलाई लाग्छ माओबादिको जित कुनै "अप्रत्याशीत" घटना भने पक्कै होईन ।

नेपालको स्थिति हालको जर्जर अबस्थासम्म आउनुमा प्रमुख भूमिका खेल्ने बासी, पुराना र भ्रष्टहरुले हार्नु भनेको कुनै "अप्रत्याशीत" घटना कसरी हुन सक्छ ? । मैले यसो भनेर जित्ने पक्षको तारीफ गर्न खोजेको पनि पक्कै होईन र माओबादिका बिगतका अनगिन्ति गल्तिहरुको म अझै बिरोध गर्छु । तर यो चुनाव जनताहरुले सोचि सम्झी दिएको मतको परिणाम हो र यसमा कुनै अप्रत्याशीतता देख्दिन म। "अप्रत्याशीत" त त्यतिबेला हुन्थ्यो जब यसपाली पनि तीनै घुसखोर, सरकार ढाल्न र बनाउन भेडा बाख्रा जस्तै बिक्ने अनि पुरुष भएर पनि सुत्केरी भत्ता खानेहरुले नै चुनाव जित्थे ।

केहि समय अगाडि यस्तै आफ्नो ब्लग र केहि अनलाईन फोरमहरुमा मैले गिरिजा कोईराला र अन्य केहि "ठुला" नेतामा गनिने व्यक्तिहरुलाई "झल्लु" र आफ्नो बिचार नभएका र अरुबाट संचालीत भनेर प्रमाणीत गरको थीए र त्यसको धेरैजनाले समर्थन गरे पनि केहि व्यक्तिहरुले निजिस्तरमा समेत बिरोध जनाएका थिए । हाल आएर मेरो तर्कले अनुमोदन पाएको छ ।

बास्तबमा हालको चुनाव सरकार बनाउने नभई संबिधान बनाउने हो र मैदानमा गिरिजा कोईराला र माकुनेका दल पनि नेपाललाई गणतन्त्र बनाउने नाराका साथ देखीए । यि सबै नया जोगिको बाक्लो खरानी भने झै आफुलाई गणतन्त्रबादि प्रमाणित गर्न यसरी लागे कि उनिहरुको नारा, बाद र बिचार सबै अप्राकृतिक लाग्थे ।

सबैलाई थाहा भएको कुरो हो, दोस्रो जन आन्दोलनताका मात्रै आफुले "भाग" खान नपाएपछि यि दलहरुले राजालाई तर्साउन आफुलाई गणतन्त्रबादी बनाएका थिए । मतलब नेपलाको परिप्रेक्षमा यो गणतन्त्र न कांग्रेसको लक्ष थियो न त एमालेको सोच । ति सबै बिरोधको आबेशमा आएर परिबर्तीत यौटा नकारात्मक सोचाईको आबेगका परिणाम मात्रै थीए ।

उता माओबादीको उदयनै गणतन्त्रको लागी भएको थियो वा भनौं गणतन्त्रलाई नै लक्ष बनाएर हिडने माओबादि नै थिए । अब चुनावमा भोट माग्दा सबैले नेपाललाई गणतन्त्र बनाउने मार्ग चित्र प्रस्तुत गरे पछि नेपाली जनताले स्वभाविक रुपमा माओबादिलाई चुने । जब एमाले वा कांग्रेस स्वयं पनि माओबादिकै बाटोमा छन र गणतन्त्रको कुरा गर्छन भने जनताले किन उनिहरुलाई चुन्ने? ।

नेपालको हिसाबमा गणतन्त्रकै कुरा गर्ने हो भने माओबादिको कुनै बिकल्प पक्कै छैन र अन्य काम कुरामा माओबादी जे जस्तोसुकै भए पनि माकुने वा गिरिजा कोईरालालाई भन्दा नेपाललाई गणतन्त्र बनाउने काममा माओबादि नै बढी सक्षम छन भन्दा कुनै फरक पर्देन ।

यो स्थितिमा जनताले कहिले "राजालाई सेरिमोनियल दिउँ" भन्ने र कहिले 'बेबि किंग' को कुरा उठाउने कांग्रेसी नेता वा अमेरिकी राजदूत आउँदा लेलिन र मार्कसका फोटो हुत्याउने एमालेका नेतालाई कसरी भोट दिने? ।

समष्टिमा यो चुनावी परिणाम कुनै "अप्रत्याशीत" घटना हुदैं होईन र देशै भरिको झुकावलाई हेर्दा यो करिव करिव देश भरिकै जनताको 'सल्लाह' ले चयन गरीएको जस्तो देखिन्छ । तर जनताले आफ्नो बिगतका कठोरता र गल्तिलाई भुलेर बैगुनको बदला गुन ले तिरेर दिएको अविभारामा माओबादि कति खरो उत्रन्छन त्यो भने हेर्न बाँकि नै छ ।

Read Full Discussion Thread for this article