जीपीजी,
तपाईको दशवुँदे विचार र विश्लेषण एकप्रकार राम्रो लाग्यो। तर मनाँ खटपटिएका कुराहरु
भन्न त मिल्छ होला, हैन? सबैको विचारको कदर गर्दै लाहुरे तालाँ भेपनि पोखेको छु,
भुल भए सच्याएर पढिदिनुहोला।
१. त्यो इन्डया बाट घुसाएको विक्रम सवँत सगँ किन यति साहृरो मोह हो?
के छ यसमा नेपालीपना? ढाई सय वर्ष मान्यौ भनेर हो कि? राजीखुशीले
र जानी वुझेर मानेको हो थोडै? के छ र हाम्रो सस्कृँति गासिएको वि. स. सँग?
एकातिर हामी ग्लोबल भिलेज भनेर कराउछौ, शनिवार आईतवार सप्तान्त
मान्छौ। आफ्नोत्व र भावनाको कदर गर्दै वि.सं. लाई एकातिर मान्य ठाममा
राखेर व्यवहारिक रुपमा चाँहि विश्वमा चलनचल्तीमा बढेको ग्रेगोरियन केलेन्डरलाइ
चलाए कसो होला? थाईलैन्डको उदाहरण हेरे हुन्छ। वि.स. आएको देश भारतलाई
पनि लिन सकिन्छ।
माओवादीले यो काम गरे मेरो अर्कोपल्टको भोट चाँहि त्यही पार्टीलाई जानेछ।
२. "वाँच्न पनि त पर्यो" भन्ने मंत्र तपाईले दोहोराउनुभेछ।
यही मंत्रको मानसिकताले देश डबाएको हो। जतातिर मलको उतैतिर ढलको।
येमाले र नेँका सखापको पथमा लागेको नै यो मंत्रमा लाग्नेहरुले। वाँच्नका नाममा
जे पनि गर्न तयार। नैतिक अनैतिक केही नछुट्याउने। बितेन त काम!!
एकातिर मानिसहरु फ्रन्टएन्डमा आफुलाई कम्प्युटर स्याभभी र आधुनिक विचार राख्ने
देखाईटोपोल्छन तर ब्याकएन्डमा भने त्यही रुढीवादी प्रथा र परम्परालाई जोगाईराख्न
खोज्छन। त्यसको मतलव हाम्रा सबै परम्परा र सस्कृंतिलाई वेवास्ता गर्ने र
उखेलेर फाल्नुपर्ने भनेको कदापि होईन। तर समयानुसार चलनुपरने भनेको मात्र हो।
पुरानो मनस्थितिले मात्र कसरी नँया नेपाल बनाउने हो त? बाउबाजेले गरेको भन्दैमा
आँखाचिम्लेर त्यही गर्नपर्छ भन्ने छैन क्यारे, नियालेर, केलाएर समय सुहाँउदो
परिवर्तन पनि गर्दै लानुपर्यो।
लामो अधेँरो पर्खाई पछिको यो गणतंत्रको मिरमिरेमा सबै जनतलाई समेटेर नँया नेपाल
कसरी बनाउने? मुल कुरो तो हो। होस्टेमा हैँसे।