Posted by: sumedhu April 12, 2008
Top 10things Maoists will do in the aftermath of CAE
Login in to Rate this Post:     0       ?        
पोलपोट युग खतम भए पनि , पोलपोटवाद नेपालमा जागेको छ । भारत, यूरोपेली देश र अमेरिकाले कुनै मुलुक जलिरहँदा वा त्यहाँ कत्लेआम हुँदा केही लछारपाटो लगाउन सक्ने छैनन् जुन कुरा सुडानको डाफुर नरसंहार, म्यानमार  र जिम्बाब्वेका ताजा घटनाहरूमा देखिएको छ । विदेशी शक्तिको भरोसामा असहमत विचारले संरक्षण पाउला भन्ने कुराको मनोगत कल्पनामा रमाउन पर्दैन साथिहरू । नेपाल अन्धकारको युगमा प्रवेश गरिसक्यो । यो जनताको अबुझ सोचको नतिजा हो जसले धेरैजसो त डरले अनि थोरै राजनैतिक दलहरूको बिगतको नकामको प्रभावले माओवादीलाई भरोसा लाग्दो विकल्पका रूपमा रोज्न पुगेका छन् , तर अफशोस यो विकल्प कति भयावह छ भन्ने कुराको भेउ थाहा नहुनाले , परीक्षण स्वरूप भए पनि नेपाललाई उनीहरूले एउटा त्रासदी युगको सुरूङ भित्र धकेलिदिएका छन् । यसको नतिजा माथि जिपीले भने भन्दा नराम्रो हुन सक्छ !!!
Read Full Discussion Thread for this article