Posted by: sajhabusaima April 12, 2008
Casualties of CA election !
Login in to Rate this Post:     0       ?        
काठमाडौं क्षेत्र नम्बर २ वाट माओवादीका उम्मेदवार झक्कुप्रसाद सुवेदीसंग पराजीत भएका एमाले महासचिव माधवकुमार नेपालले महासचिव पदवाट राजीनामा दिएका छन । उनले स्थायि समितिमा पेश गर्ने गरी नैतिकताको आधारमा राजीनामा दिएका हुन । उनी रौतहटको ६ का समेत उम्मेदवार हुन । त्यहाको मतगणना शुरु भएपनि नतिजा भने हाएको छैन । वास्तवमै एमाले र स्वयम् नेपालका लागि पनि काठमाडौंको पराजयले ठुलो झड्का दिएका छन । ४ का जनताले उनलाई पक्कै पनि संविधान सभाका लागि अयोग्य प्रमाणित गरिदिए । यसले उनको नेतृत्व क्षमतामा प्रश्न उठ्नुपनि सामान्य हो । त्यसैले उनले राजीनामा दिएर आलोचना हुनवाट जोगिएका छन ।
Read Full Discussion Thread for this article