Posted by: 3X April 11, 2008
'परिवर्तन चाहेको पुष्टि'
Login in to Rate this Post:     0       ?        

'परिवर्तन चाहेको पुष्टि'

काठमाडौं, २९ चैत -प्रारम्भिक परिणामले आफ्ना पक्षमा जनलहरबाट नेकपा -माओवादी) निकै उत्साही देखिएको छ । माओवादीको अग्रता उसको नया" कार्यसूचीका पक्षमा हो वा अन्य मुख्य दलप्रतिको जनतामा वितृष्णा भन्ने विश्लेषणको विषय बनेको छ ।

जनताले परिवर्तन खोजेको प्रस्ट भएको टिप्पणी गर्दै माओवादी नेता बाबुराम भट्टर्राईले भने- 'अन्तरिम कालमा विचार एउटाको नेतृत्व अर्कोको थियो । जनताले नेतृत्व र विचार एउटैको हुनुपर्छ भनेर निर्ण्र्ाागरे ।'

संसदीय दलप्रति जनताको वितृष्णापछि नया" शक्तिलाई हेरौं भन्ने जनभावना उर्लेको व्याख्या गर्दै 'एकपटक नया" शक्तिलाई दिउ" भन्ने जनताको चाहना भएको स्पष्ट देखिएको' बताए ।

अर्कातिर बुद्धिजीवीहरूले माओवादी शान्ति प्रक्रियाबाट नफर्कियोस् भन्नेमा मतदाता जागरुक रहेको औंल्याएका छन् । वाम बुद्धिजीवी श्याम श्रेष्ठले 'शान्ति प्रक्रियाबाट माओवादी नफर्किऊन् भनेर जनता डराएर पनि माओवादीलाई मतदान गरेको' टिप्पणी गरे ।

संघीय लोकतान्त्रिक गणतन्त्रका लागि संविधानसभा चुनाव हुनर्ुपर्छ भन्ने माओवादी एजेन्डामा सबै दल सहभागी भएर नैतिक विजय पहिल्यै भएको माओवादीहरूको दाबी छ । 'निर्वाचन प्रक्रियापछि १६ जना माओवादी कार्यकर्ता मारि"दासमेत संयम अपनाएर निर्वाचन प्रक्रिया शान्तिपूण्ा रूपमा हुनु माओवादीको विजय हो,' माओवादी पक्षधर क्रान्तिकारी पत्रकार संघका अध्यक्ष्ँ महेश्वर दाहालले भने ।


एमालेलाई धक्का

काठमाडौं, २९ चैत- संसदीय चुनावहरूमा शक्तिशाली रह“दै आएको एमालेले संविधानसभा चुनावमा गम्भीर धक्का खेप्न सक्ने देखिएको छ । 'सबैभन्दा बढी जित्ने' अपेक्षाविपरीत प्रारम्भिक मतगणनामा यो पार्टर्ीीधिकांश क्षेत्रमा तेस्रो स्थानमा देखिएको छ । महासचिव माधव नेपालसहित पार्टर्ीी प्रभावशाली नेताहरू प्रतिस्पर्धामा पछाडि छन् । 'अनपेक्षित' परिणाम आउन थालेपछि निराश एमाले वृत्तमा नतिजाबारे गम्भीर समीक्षाको खोजी महसुस भएको छ ।
काठमाडौं-१ का एमाले उम्मेदवार प्रदीप नेपालले कांग्रेस नेता प्रकाशमान सिंहसित भारी मतले पराजित हुनुपरेको छ । मतगणना जारी रह“दा काठमाडौं-२ मा नेपाल माओवादी उम्मेदवार झक्कुप्रसाद सुवेदीभन्दा पछाडि छन् । काठमाडौं-५ मार् इश्वर पोखरेल कांग्रेस नेता नरहरि आचार्यभन्दा पछाडि छन् । 
स्थायी समिति सदस्य युवराज ज्ञवाली र वामदेव गौतम पनि माओवादी उम्मेदवारभन्दा पछाडि छन् । केन्द्रीयस्तरका सदस्यलगायत धेरैजसो उम्मेदवार दोस्रो र तेस्रो स्थानमा छन् । उपत्यकाका १५ सिटमध्ये अधिकांश जित्ने दाबी गर्दै आएको एमाले शुक्रबार रातिसम्म काठमाडौं-६ मा मात्रै अगाडि छ ।
'माओवादीसितको तालमेलको प्रस्ताव लत्याउ“दै आफ्नो शक्तिको ओभर इस्टमेट गर्नुको परिणाम हो,' एमाले नेता वामदेव गौतमले कान्तिपुरसित भने- 'मैले माओवादीलाई कम नआकौं, एकता गरेर जाउ“ भनेको थिए“ तर नेतृत्वले मेरो कुरा सुनेन ।' नेतृत्व तहको कार्यनीतिक गल्तीका कारण एमालेले कम मत पाएको उनको निष्कर्षछ ।
आन्तरिक नीति र क्रियाकलापका कारण एमाले पराजित हुने अवस्थामा आइपुगेकाले तत्काल गम्भीर समीक्षा गर्नुपर्ने नेताहरूले औंल्याएका छन् । जनताले किन आफ्नो पक्षमा मत दिएनन् भन्ने बुझ्न तत्काल समीक्ष्ँा गर्नुपर्ने नेता प्रदीप नेपालले बताए । 'माओवादीलाई भोट दिने जनताले हामीलर्ँइ किन दिएनन्,' उनले भने- 'तत्काल जनताको घरदैलो पुगेर कारण पत्ता लगाउनर्ुपर्छ ।'
अर्का स्थायी समिति सदस्य अमृत बोहराले समीक्षा गर्ने बेला आइनसकेको बताए । 'हामी हारेका निष्कर्षा पुगेका छैनौं । केही ठाउ“मा कमजोर देखिएको पक्कै हो,' उनले भने- 'प्रतिस्पर्धाको राजनीतिमा हार-जित हुन्छ, त्यसलाई सामान्य रूपमा लिनर्ुपर्छ ।' उनका अनुसार माओवादीले चुनाव नजिते रक्तपात हुन्छ भन्ने सन्देश गएकाले जनताले त्यस्तो अनिष्ट नहोस् भन्ने चाहेका हुन सक्छन् । काठमाडौं-५ का उम्मेदवार तथा स्थायी समिति सदस्यर् इश्वर पोखरेलले पनि सबै परिणाम नआई विश्लेषण गर्नु उपयुक्त नहुने बताए ।

(Kantipur)

Read Full Discussion Thread for this article