हराम देखी राम डराए। जस्तो जस्तो जजमान उस्तो उस्तो स्वाहा।
नेपाली उखान त्यसै बनेको होइन।
लालमय नेपाल अहिले देखिएको छ। प्राकृतिक नियमा हो संध्या मा क्षितिज लालमय हुन्छ। एक छिन मा अध्यारिने त्यो आकाश न अस्ताउन्जेल अझ गाढा रातो हुन्छ।
२०४७-४८ को पहिलो आमा निर्वाचनमा पहिलो दिन को पारीणाम कसैमा संझना छ भने फेरी सम्झना गरौं त। कथामाडौ को सबै सीटमा एमाले ( दमन ढुंगानाको बाहेक) अनी घोषित परिणाम अनुसार एमाले १२ कांगेस १ । सूर्य चम्कियो अनी लम्कियो। साँझ पर्यो अझ लालमय भयो। तर रात पर्यो, बिहानी को पहिलो हावाको झोका रुखको पात ले हर शिरानी ब्युंझाइ दिए।
मलाई बिश्वास छ, भोली सम्मको माओवादी को बढक सिमीत भै सक्ने छ। अहिले अबिरमा रंगिएका र दंगिएका हरु भोली रगतको होली खेल्न आउने छन। धाँधली भयो भनेर। आफुले जितेको बाहेक हारेको जम्मै ठाउमा धाँधली भएको भनेर वाइ सी एल ले चक्का जाम गर्ने छन, टाय बाल्ने छन।