Posted by: SajhaLawyer April 11, 2008
proportional system
Login in to Rate this Post:     0       ?        
I do not know. Please, someone explain this to me!

I am more confused about this after I read this one:

समानुपातिकमा पनि माअ‍ोवादीलाई नै फाइदा

तपाईँहरुलाई थाहै छ, यस पटक प्रत्यक्षका २४० निर्वाचन क्षेत्रमा मात्र नभई ३३५ समानुपातिक सिटका लागि पनि निर्वाचन भएको हो। समानुपातिकतर्फको मतगणना प्रत्यक्षतर्फको सकिएपछि मात्र हुने गर्छ। अहिलेसम्ममा इलेक्ट्रोनिक मतदान भएको काठमाडौँ क्षेत्र नम्बर एकको मात्र मतगणनाको अन्तिम परिणाम सार्वजनिक भएको छ। त्यसमा यस्तो स्थिति देखिएको छ-


यो तथ्याङ्कलाई ध्यान दिएर हेर्नुभयो भने तपाईँले स्पष्ट देख्न सक्नुहुन्छ, समानुपातिकमा सबैभन्दा फाइदा माअ‍ोवादीलाई भएको छ भने सबैभन्दा घाटा काँग्रेसलाई भएको छ। तर यो स्थानमा प्रत्यक्षतर्फ जित्‍ने भने काँग्रेसका उम्मेदवार प्रकाशमान सिंह हुन्। माअ‍ोवादी हारेको हो अर्थात् तेस्रोमा रहेको हो, तर समानुपातिकमा सबैभन्दा फाइदा उसैलाई भएको छ। अर्थात् नेपाली जनताले झ्यामझ्याम एकछापमा भोट नहालेर आफ्नो विवेक प्रयोग गरेका छन्। प्रकाशमानलाई प्रत्यक्षमा भोट हाल्नेले पनि समानुपातिकमा माअ‍ोवादीलाई हालेका छन्। जब हारेको स्थानमा नै सबैभन्दा फाइदा माअ‍ोवादीलाई भएको छ भने जितेको स्थानमा माअ‍ोवादीको स्थिति कस्तो होला ? तपाईँ सहज अनुमान लगाउन सक्नुहुन्छ।

here: http://mysansar.com/


Read Full Discussion Thread for this article