Dev Gurung WINS Manang!
From mysansar:
माअोवादीले पनि खाता खोल्यो, देव गुरुङ विजयी
अपडेट (९३०) माअोवादीले पनि संविधान सभाको ऐतिहासिक निर्वाचनमा पहिलो खाता खोलेको छ। मनाङको क्षेत्रबाट माअोवादीका उम्मेदवार तथा वर्तमान मन्त्री देव गुरुङ विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका पाल्टेन गुरुङ थिए। यसअघि पाल्टेन गुरुङ त्यहाँ निर्विरोध निर्वाचित भएका थिए। यस पटक भने त्यहाँ एमालेका मंगलबहादुर गुरुङ तेस्रो स्थानमा रहे। अहिले मनाङमा माअोवादीले विजय जुलुस निकालिरहेको छ।
हालसम्म आएका परिणाम मध्ये एमाले मन्त्री प्रदीप नेपाल पराजित भइसकेका छन् भने ललितपुर ३ मा माअोवादी मन्त्री पम्फा भुषाल अगाडि रहेकी छन्।
माअोवादी देशभरका ३८ स्थानमा अगाडि रहेको छ। एमाले १० र काँग्रेस ९ स्थानमा अगाडि रहेको छ। अहिले मनाङमा माअोवादीले विजय जुलुस निकालिरहेको छ।
को अगाडि ?माअोवादी देशभरका ३८ स्थानमा अगाडि रहेको छ। एमाले १० र काँग्रेस १२ स्थानमा अगाडि रहेको छ। फोरम पाँच स्थानमा अगाडि रहेको छ भने नेमकिपा दुई स्थानमा।