Posted by: shirish April 9, 2008
प्रिय तिम्रो मुटु बोकेर हिड्दै छु !
Login in to Rate this Post:     0       ?        

म तिम्रो मुटु बोकेर हिड्दै छु

(बास्तबमा आफ्नै मुटु भित्र !)

जहां म जान्छु, तिमी पनि गएकै हुन्छौ

त्यसैले कहिलै एक्लो हुन्न

र जे मबाट हुन्छ

प्रिय त्यो तिमीले गराई रहेका हुन्छौ !

 

म किन डराऊं भाग्य सित ?

किनकी तिमी नै मेरो भाग्य हौ

म किन चाहुं अर्को संसार ?

जबकी तिमी नै मेरो सुन्दर संसार हौ !

 

जूनका जे जति अर्थ छन्

घामले गाएका जति किरण छन्

प्रिय ति तिमी हौ !

 

जराहरुका जरामा,

पालुवाका पालुवाहरुमा,

आकाशहरुका आकाशमा

आत्माले चाहेको भन्दा पनि माथी

मनले लुकाउन सक्ने भन्दा पनि धेरै

चुलिदै गरेको जिन्दगीको रुखलाई ठांउ दिन

ताराहरु बिचमा दूरी छन्

कसैलाई थाहा नभएको यथार्थ भन्दैछु यो-

म आफ्नो मुटु भित्र

प्रिय तिम्रो मुटु बोकेर हिड्दै छु !

 

 

Translated from EE Cummings' "I carry your heart with me".

Translate one for me the one you liked.

Last edited: 09-Apr-08 06:14 PM
Read Full Discussion Thread for this article