Posted by: Dr Jharpaat April 9, 2008
सक्छौ भने देउ न
Login in to Rate this Post:     0       ?        
पर बाट नेपाल लाई अवलोकन गर्दै त्यहा को पिडा अनुभव गरी रहेछौ । चुनाव नि अब धेर दिन छैन । म सोच्दै छु एउटा कुरा मेरो हात मा भएको भए म यो समस्या को निकास कसरी गर्थे होला । म यहाँ बाट मज्ज ले नेता गरुलाई गाली गर्छु । अानन्द नि आउछ। अनी बिगत मा आफुले बगाएको के हि थोपा पसिना अनी रगत हरु को पनि माया लाग्छ । त्यसकै कारण पनि नेता हरु लाई गाली गर्छु । तर फेरी सोच्छु मा भएको भये त्यहा क् गर्थे होला । एस्सो गर्थे उस्सो गर्थे । योजना हरु पनि छ। तर मैले अहिले उठाउन लागेको बिषय बस्तु भनेको चै यो बिकास निर्माण को कुरा हैन । अर्थतन्त्र अनी शासन ब्यवस्था को कुरा हैन । समानता अनी सुशासन को कुरा पनी हैन । खाली छाती मा हात राखेर भन्दा यो चुनाव को के पारीनाम भयेमा खुशी हुन्छु होला। त्यही सोच्दै छु।
राजा लाई माया गर्ने असन्ख्य नेपाली को पनि मा चित्त डुखाउन चाहन्न । राजा हैन राजतन्त्र को मलाई माया लाग्छ । फेरी मलाई प्रजातन्त्र पनि चाइएको छ । विश्वा जगत सँग हातेमलो गर्न पनि त्यो जरुरी छ । फेरी देश मा शान्ति अमन चैन् अनी सुब्यब्स्थ को लागि राज्य सँग बिद्रोह गरी रहेका जङली काका हरु लाई पनि समेट्न मन छ। मधेस मा दुखेको घाऊ लाई यही बेला निको नपारे हिमाल मा अर्को कुनै घाऊ अथवा पहाड मा लिम्बुवान तथा अरु त्यस्तै धेरै वान हरु बल्झेला भन्ने पनि पिर छ ।
यस् परिस्थिती मा मैले चाहेको के होला? नसोची पनि कसरी बसु । सक्तिन I के भये सबै बिसालु सर्प हरु मरेर पनि मेरो लाठि नभाचिकन मै सँग होल ?
अब चुनाव मा जितेर आएका जन प्रतिनिधि हरु अनी मनोनित बर्ग हरु लाई अनुरोध छ । एउटा एस्तो संबिधान बनाउ जस्ले मेर सारा समस्या हरु को नीराकरण गरोस् ।
कही मैले England को जस्तो राजतन्त्र भारत को जस्तो गणतन्त्र अनी अनी china को जस्तो समय अनुसार संसोधित हुन सक्ने communism सप्पै अली अली मिस्साएर बनाईएको नयाँ नेपाल को बिधान त खोजेको हैन?
जित्ने नेता हरु नेपाल लाई लामो समय सम्म शान्ति पूर्ण ढंग ले चलाऊन अनी बिकास को बाटो म लम्काउन सक्ने एउटा त्यस्तै बिधान बनाएर देउ न है .......
म चै टाढा बाट भनी रहने छु
भगवान श्री पशुपती नाथ ले हामी सबै को कल्याण गरुन, अस्त
Read Full Discussion Thread for this article