Posted by: bikash kc April 9, 2008
तपाईंको जिल्ला मा क-कल्ले जित्दैछन? guess मारु न त.....
Login in to Rate this Post:     0       ?        
बहुमत ल्याउने एमाले दाबी
२५-चैत-२०६४,मंगलवार
माधव बस्नेत
कुनै राजनीतिक अनिष्ठ भएन भने पर्सी चैत्र २८ गते ऐतिहासिक संविधानसभाको निर्वाचन हुँदैछ। संविधानसभाको मुद्दा उठेको ५७ वर्षपछि हुन लागेको निर्वाचनको परिणामप्रति राष्ट्रिय–अन्तराष्ट्रिय चासो बढ्दो छ। यो निर्वाचनमा सबैभन्दा बढी सिट ल्याएर कुन दल ठूलो बन्ला सबैको चासोको विषय बनेको छ। माओवादीबाहेक अन्य ठूला पार्टी एमाले र कांग्रेसले अहिलेसम्म आफूहरुले यति सिट ल्याउँछौ भनेर सार्वजनिक रुपमा उडन्ते कुरा गरेका छैनन्। तर, देशव्यापी तथ्यांकलाई केलाउँदा एमालेले संविधानसभा निर्वाचनमा बहुमत ल्याउने सम्भावना बढेर गएको छ। कांग्रेस दोस्रो शक्ति हुने र माओवादी तेस्रो शक्ति बन्नका लागि संर्घष गरिरहेको छ।  
एमालेबाट प्राप्त तथ्यांकअनुसार प्रत्यक्ष निर्वाचनतर्फका दुई सय ४० सिटमध्ये एमालेले बहुमत सिट जित्दैछ। एमालेले मेची अञ्चलका झापाका–७, इलामका–३, पाँचथरका–२, ताप्लेजुङका–२ वटै निर्वाचन क्षेत्रमा निर्वाचन जित्ने दावी एमालेले गरेको छ। झापा–१ मा कांग्रेसका तर्फबाट बहालवाला कानुन, न्याय तथा संसदीय व्यावस्थामन्त्री नरेन्द्रबिक्रम नेम्वाङ, ३ मा गृहमन्त्री कृष्णप्रसाद सिटौला, ४ मा चक्रप्रसाद बाँस्तोला एमाले उम्मेदवारसँग दह्रो प्रतिस्पर्धा गर्दैछन्। तर अहिलेसम्मको चुनावी दौडमा उनीहरुभन्दा आ207नै उम्मेदवार अगाडि रहेको एमालेले जनाएको छ। इलाम–३ मा कांग्रेस महामन्त्री कुलबहादुर गुरुङ एमालेका धर्मराज उप्रेतीसँग प्रतिस्पर्धामा भए पनि उनी कट्टर राजावादी भएकाले उप्रेतीका अगाडि फितलो सावित भइसकेका छन्। गणतन्त्रवादी कांग्रेस नै गुरुङलाई हराउन लागिपरेका छन्।  
 
कोशीका संखुवासभाका–२, तेह्रथुमको–१, भोजपुरका–२, धनकुटाका–२ वटै, मोरङका २, ३, ४, ७, ८, ९, सुनसरीको १, २, ३, ४ मा एमालेले जित्दैछ। भोजपुरमा कांग्रेसका तर्फबाट जलस्रोतमन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्की र माओवादीका तर्फबाट स्थानीय विकास राज्यमन्त्री रहेका पदम राई, एमालेकी जयन्ती राईसँग प्रतिस्पर्धा गर्दैछन्। धनकुटा–२ मा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापासँग एमालेको प्रतिस्पर्धा छ। मोरङ–५ मा अमृत अर्याललाई हराउन प्रधानमन्त्रीपुत्री सुजाता कोइराला लागेको कांग्रेस स्रोतले दृष्टिलाई बताएको छ।
सुनसरी–५ र मोरङ–५ बाट मधेसी जनअधिकार फोरमका तर्फबाट उम्मेदवार बनेका उपेन्द्र यादवलाई सुनसरीबाट पछि हटाएर मोरङबाट जिताइदिने कुरा सुजाताले राखेकी छन्। सुनसरी–५ बाट हट्नका लागि यादवले दुई करोेड माग गरेकामा अहिलेसम्म सुजाताले एक करोड दिने आश्वासन दिएको स्रोत बताउँछ। मोरङ–१ मा कांग्रेसका आमोदप्रसाद उपाध्याय एमालेकी गंगा डाँगीबीच प्रतिस्पर्धा छ। ६ मा महेश आचार्यलाई एमाले उम्मेदवारले टक्कर दिएका छन्। कोशीकै सुनसरी–५ मा कांग्रेसका सुजाता कोइराला, ६ मा रामबहादुर बस्नेतले निर्वाचन जित्दैछन्। सगरमाथामा खोटाङका–२, उदयपुरका–३ वटै सप्तरीका १, ३, ५ सिरहाको–२, ५ निर्वाचन क्षेत्रमा एमालेको पल्ला भारी हँुदैछ। ओखलढुंगाका दुवै सिट र सोलुमा आफ्नो पार्टीले जित्ने कांग्रेसको दावी छ। यद्यपि ओखलढुंगामा एमालेका यज्ञराज सुनुवार र किशोर अधिकारीले कांग्रेसलाई कडा टक्कर दिएका छन्।   
जनकपुरको दोलखामा–२ सिट, रामेछाप–२ सिट, सिन्धुलीमा– १, २, धनुषामा १, ३, ४, ६, महोत्तरीमा १, ३, ६ सलार्हीमा १, २, ३ निर्वाचन क्षेत्रमा आफूले जित्ने एमाले दावी छ। सिन्धुली–२ मा माओवादीका सिपी गजुरेल, एमालेका केशव देवकोटासँग चुनावी प्रतिस्पर्धा गर्दैछन्। अहिलेसम्म गजुरेलभन्दा देवकोटा धेरै मतले अगाडि रहेको एमालेले जनाएको छ। वाग्मतीमा धादिङका–२, ३, नुवाकोटका–१, ३, काठमाडौंका १०, ललितपुरका ३,  भक्तपुरको– २, काभ्रेमा ४, सिन्धुपाल्चोकमा ३ वटै निर्वाचन क्षेत्रमा एमालेले जित्ने भएको छ। नारायणीमा मकवानपुरका ४, रौतहटमा–४, ५, ६, बारामा १, ३, ४, ५, ६ पर्सामा–३, ५, चितवनमा–१, २, ३ मा एमाले प्रतिस्पर्धीभन्दा निकै अगाडि छ।  
एमालेका अनुसार, गण्डकीको लमजुङ २ नम्बर क्षेत्र, कास्कीमा–२, ३ तनहँुमा १, ३, स्याङजामा १, ३, निर्वाचन क्षेत्रमा एमाले विजयको संघारमा उभिएको छ। लुम्बिनीमा पनि एमाले प्रतिस्पर्धी दलहरुभन्दा निकै अगाडि छ। कास्की–१ मा पनि एमालेका खगराज अधिकारीले माओवादीका देव गुरुङलाई पछाडि पारेका छन्। लुम्बिनीमा गुल्मीका ३, पाल्पाका ३, अर्घाखाँची २ नम्बर क्षेत्र, नवलपरासीमा २, ३, ४ रुपन्देहीमा २, ३, ४, ५, कपिलवस्तुको–१ नम्बर क्षेत्र निर्वाचन क्षेत्रमा आफ्नो पार्टी विजय हुने एमालेले जनाएको छ। धवलागिरीमा पनि एमालेको अवस्था सुदृढ छ। धवलागिरीको म्याग्दी, वाग्लुङ १, ३, पर्वतको २ नम्बर क्षेत्रमा एमालेले जित्दैछ।  
माओवादी जनयुद्धको उद्गम थलो राप्तीमा पनि एमालेको पकड बलियो छ। युद्धकालमा माओवादीले एमालेविरुद्ध राप्तीमा ठूलै दमन गरेको थियो। चर्को दमन सहेर पनि त्यहाँका एमाले कार्यकर्ताले आफ्नो आस्थालाई माओवादीको बन्दकी बनाएनन्।  राप्तीमा रोल्पाको २ नं. क्षेत्रमा समेत अहिलेसम्म माओवादी अध्यक्ष प्रचण्डलाई एमालेका शान्तकुमार ओली र कांग्रेसकी भीमकुमारी बुढाले कडा टक्कर दिएका छन्। यद्यपि, प्रचण्डले काठमाडौं १० मा सानु श्रेष्ठसँग हार्ने निश्चित भएकाकाले रोल्पामा भने जितुन् भन्ने सदाशयता एमालेले राख्ने सम्भावना छ। प्युठानको २ नम्बर, सल्यानको १ नम्बर, दाङको १, २, ४ निर्वाचन क्षेत्रमा आफ्नो पार्टीले विजय हासिल गर्ने एमालेले जनाएको छ।
भेरीमा जाजरकोटको २, दैलेखको २, सुर्खेतमा १, ३, बाँकेको २, ४ वर्दियाको १, २, ३ क्षेत्रमा आफ्नो पकड कायम राख्ने एमाले दावी छ। सेतीमा पनि एमाले अन्य दलहरुभन्दा अगाडि नै रहेको बुझिएको छ। सेतीको बाजुरा, बझाङको– १ नम्बर कैलालीको २, ४ निर्वाचन क्षेत्रमा एमाले अगाडि छ। कणार्लीमा भने एमाले प्रतिस्पर्धाको मैदानमा खरो ढंगले उभिएको छ। महाकालीको कञ्चनपुर २, ४ मा एमाले जित्दैछ।
अहिलेसम्मको चुनावी प्रतिस्पर्धामा कांग्रेसले ६५ देखि ७० सिट र माओवादीले एक दर्जन जति सिटमा मात्र जित्ने एमालेको तथ्याकंले देखाएको छ। कांग्रेस, माओवादीबाहेक मधेसवादीलगायत साना दलहरुले भने एकदमै नगन्य सिटमा मात्रै जित्ने बुझिएको छ। एमालेले आफ्नो पार्टीले निर्वाचनमा बहुमत ल्याउनमा ०४८ सालदेखिको तथ्याकंको आधार पनि लिएको छ। ०४८ को निर्वाचनमा २७ प्रतिशत मत प्राप्त गरेको एमालेले ०५१ मा ३५ प्रतिशत ल्याएको थियो। ०५६ मा एमाले विभाजित हुँदा एक्लैले ३१ प्रतिशत र मालेले ६.३४ प्रतिशत ल्याएको थियो। अहिले पार्टी एकीकृत भइसकेको अवस्थामा दुवै जोड्दा ३७ प्रतिशत हुन्छ। उता, कांग्रेसको मत भने हरेक निर्वाचनमा घट्दै आएको छ।
०१५ सालमा ३८ प्रतिशत मत प्राप्त गरेको कांग्रेसले ०४८ मा ३७ प्रतिशत ०५१ को निर्वाचनमा ३५ प्रतिशत ल्याएको थियो। ०५६ मा एमाले विभाजित भएको बेलामा पनि कांग्रेसले ३६ प्रतिशत मात्र मत प्राप्त गरेको थियो। विगतकालमा कांग्रेसले तराई र पश्चिम नेपालका भुगोलबाट बढी सिट जित्दै आएको थियो। तर, अहिले माओवादीले कांग्रेसको पश्चिमको पकड भत्काइदिएको छ भने तराईमा कांग्रेसकै नेताहरु विभाजित भएर जातिवादी र क्षेत्रीय पार्टी खोलेका छन्। यसले कांग्रेसलाई ठूलो धक्का लाग्ने भएको छ। एमालेले समानुपातिकतर्फ पनि ४० प्रतिशतभन्दा बढी मत ल्याउने जनाएको छ। एमाले केन्द्रीय सदस्य एवं निर्वाचन परिचालन कमिटीका सदस्य सुरेन्द्र पाण्डे पटक–पटक सरकारमा रहँदा कांग्रेसले जनतालाई धोका मात्र दिएकोले उसका पक्षमा जनलहर नभएको र माओवादीले लोकतान्त्रिक ढंगले विश्वास आर्जन नसकेकोले जनता एमालेको विजयको प्रतिक्षामा रहेको बताउँछन। 'जनताले एमालेले मात्र लोकतान्त्रिक संविधान बनाउन सक्छ भन्ने बुझिसकेकाले जिताउन आतुर रहेका छन्' –पाण्डे भन्छन्।
http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=8868
Read Full Discussion Thread for this article