Posted by: bikash kc April 9, 2008
तपाईंको जिल्ला मा क-कल्ले जित्दैछन? guess मारु न त.....
Login in to Rate this Post:     0       ?        
ठूलो दल बन्ने होडबाजी
२६-चैत-२०६४,बुधवार
Image
गङ्गाराम गड्तौला/  बहुप्रतिक्षित संविधानसभाको निर्वाचन प्रक्रिया शुरु भएको छ। चैत २५ गते मध्यरातदेखि निर्वाचन आयोगले मौन अवधि तोकेपछि दलहरु बन्द कोठाभित्रबाट प्रचारमा संलग्न हुँदैछन्। निर्वाचन आयोगको मौन अवधिलाई लत्याउँदै दलहरु भिड्ने क्रम पनि जारी छ। विदेशबाट पर्यवेक्षणका लागि आउनेहरू ठूलो ताती लागेको छ।

यसले के देखाउँछ भने नेपालमा मात्र नभई विश्वभरि नै चासोको विषय बनेको संविधानसभाको निर्वाचन। यो निर्वाचनबाट नेपालको तीन शक्तिशाली दहरुहरु मध्ये कुन दल ठूलो दल बन्ला  खुल्दुलीको विषय बनेको छ।
प्रजातन्त्रका लागि सबैभन्दा बढी अनुभव प्राप्त गरेको र नेपालकै जेठोबाठो पार्टी भएकाले आफू यस निर्वाचनबाट पनि ठूलो दल हुर्ने दाबी नेपाली काङ्ग्रेसले गरेको छ। काङ्ग्रेसका कतिपय नेता तथा विश्लेषकहरूले त भारी बहुमतले काङ्ग्रेस विजयी हुने ठोकुवा नैगरेका छन्। कम्युनिष्ट मतदाताको मत वामपन्थी दलहरुबीच बाडिने भएकाले यसको प्रत्यक्ष फाइदा कांग्रेसलाई हुने उनीहरुको दावी छ।  काङ्ग्रेसको नेतृत्वबिना नयाँ नेपाल बन्न नसक्ने काङ्ग्रेस नेताहरूको भनाइ छ। काठमाडौं क्षेत्र नं. १ का उम्मेदबार प्रकाशमान सिंह ठोकुवा नै गरेर भन्छन् – कांग्रेस विनाको संविधान लेखियो भने अन्तर्राष्ट्रिय मान्यता पाउँदैन।
उता यसअघिका चुनावमा पार्टी विभाजन हुदाँ पनि दोस्रो ठूलो दल बनेको  र कम्युनिस्ट आन्दोलनको मुख्य घटक आफू भएको बताउँदै आफ्नो पक्षमा बढी सिट आउने ठम्याइ एमालेको छ। नेपालको सबैभन्दा ठूलो पार्टीका रूपमा आफूलाई विश्लेषण गर्दै एमालेले जित्नुपर्ने दाबी उसको छ। नेपाललाई समृद्ध बनाउने र आमूल परिवर्तन गर्ने खाका एमालेले कोरेको जिकिर गर्दै एमालेको पक्षमा जनलहर उर्लिने एमालेले बताएको छ।
एमालले कसरी बढी सिट जित्छ भन्ने विश्लेषण गदै एमाले महासचिव माधव कुमार नेपाल भन्छन्– 'कांग्रेसको यथास्थितिवादी र ढुलमुले नीति र माओवादीको उग्रवामपन्थी धारलाई ठिक ठाउँमा ल्याउन पनि जनताले एमालेलाई नरोजि सुखै छैन।'
संविधानसभाको एजेन्डा आफूले ल्याएको र नयाँ नेपालको परिकल्पना पनि आफैले गरेको दाबी गर्दै माओवादीले पनि आफ्नो पक्षमा बढी मत खस्ने  दाबी गरेको छ। माओवादीको नेतृत्वमा संविधान बने मात्र नयाँ नेपालको वास्तविक संरचना बन्ने विश्लेषण माओवादीको रहेको छ। नयाँ नेपालको सरकार माओवादीको नेतृत्वमा बन्ने माओवादीले घोषणा गरिसकेको छ। यता माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले कांग्रेस र एमालले जितेमा संविधान पनि बन्दैन र गणतन्त्र पनि नआउने हुँदा जनताले माओवादीलाई नै जिताउने विश्वास सार्वजनिक गर्दै हिडेका छन्।
 
काङ्ग्रेस, एमाले वा माओवादीमध्ये कुनै एक दलले बहुमत प्राप्त गर्‍यो भने के होला? शदियौदेखि सामन्ती शासनमा पिल्सिएका जनताले पुनः अर्को सामन्ती शासनको पीडामा त फस्नुपर्ने छैन? मननयोग्य छ। दलहरूले बहुमतको नारा चुनावी प्रचारका लागि मात्र लिएका हुन् भने त ठिकै छ। यद्यपि दलहरूले विश्लेषण गरेजस्तो परिस्थिति नभएको भनाइ छ जानकारहरूको। धेरै र थोरै भन्ने अलग हो, तर कुनै पनि दलको बहुमत आउनु शुभ नभएको विश्लेषण गरिँदै आएको छ। जुन दलको बहुमत आए पनि संसदमा गणतन्त्र बाहेकका निर्णय दुइ तिहाइले नै गर्नुपर्ने अन्तरिम संविधानमा उल्लेख गरेकाले आत्तिहाल्नुपर्ने अवस्था छैन। तर आशा गरौं चुनावी परिणामले सात दलको गठबन्धन न टुटोस्।
Image
अहिलेको परिस्थितिमा कुनै दलको पनि एक माने सरकार बन्न सक्दैन। यस विषयमा प्रमुख दलहरुले बेला बेलामा बोल्दै पनि आएका छन्  माओवादीले सत्ता हत्याउने धम्की दिएको भए पनि एक्लै सरकार चलाउने अडान राखेको छैन। यता प्रधानमन्त्री गिरिजाप्रसा कोइरालाले त विगत दुइ बर्ष देखि नै आगामी १० बर्ष सम्मका लागि सर्वदलिय सरकारको आवश्यकता औल्याउँदै आएका छन्। कतिपयले यो धारणा अन्तर्राष्ट्रिय जगतसमेत रहेको विश्लेषण गरेका छन्।
यता एमाललेले संविधानसभापछिको सरकारको नेतृत्व बहुमत आउने दलले गरेता पनि सर्वदलिय सरकारको विकल्प नरहेको बताउँदै आएको छ।
 
यसपालिको चुनाव भनेको संसदीय चुनाव होइन। कसैको बहुमत आउँदैमा राम्रो हुने वा कसैको कम सिट आउँदैमा नराम्रो हुने भनी विश्लेषण गरिनु ठीक होइन। संविधान निर्माण गर्दा सभाका सबै सदस्यको रायसल्लाह लिइनु बाध्यता छ। मुख्यतया संविधानसभाका लागि लडेका छ दल र अन्य दलहरूको पनि समान प्रतिनिधित्व रहनु अनिवार्य छ। कम सिट हात पार्ने दलको संविधान निर्माणमा सहभागिता नै नहुने हो र बहुमत वा धेरै सिटप्राप्त दलले मनोमानी ढङ्गले संविधान बनाउने हो भन्ने मानसिकता रह्यो भने नयाँ नेपालको परिकल्पना पूरा हुन सक्दैन।

http://www.weeklynepal.com/content/view/8940/
Read Full Discussion Thread for this article