Posted by: Nepe April 8, 2008
Maoists supporters...good news for you
Login in to Rate this Post:     0       ?        

>अब तेसो भय नेपाली काङ्रेस र एमाले ले उनीहरुलाई सत्ता

>छोडीदिनु पर्ने भो? कस्तो कुरा यो।

 

त्यसै भन्दा पनि हुन्छ । तर कति भने पुरै सत्ता छाडिदिनु पर्ने नभएर केही अंश (भनम् न, एक तिहाई) मात्र छाडिदिनुपर्ने हो । किनभने यो आवश्यकता पनि हो, अवश्यंभाविता पनि हो ।

 

माओवादीले लगभग एक तिहाई सत्ता कांग्रेस-एमालेले छाडे पनि पाउँछ, नछाडे पनि पाउँछ । कांग्रेस-एमालेलाई त्यति कुरा थाहा छैन भने राजनीति नगरे हुन्छ ।

 

>एसता रक्त पीपासु हरुको राज कदापी स्विकार्य हुने छैन।

 

पहिलो त, माओवादीलाई सत्ताको साझेदार बनाउने भनेको साझेदार मात्र बनाउने हो, सत्ता सुम्पने होईन ।

 

दोश्रो, सत्ताको साझेदार भएपछि माओवादी लोकतान्त्रिक न्यायप्रणाली भित्र आउँछ । त्यसोभएपछि माओवादीको हिसाबकिताब गर्न सकिन्छ । फेरि, हाम्रो मुलुकले शान्तिप्रक्रियाको जुन मार्गचित्र र सुत्र अख्तियार गरेको छ, यो ठ्याक्कै यही हो । कांग्रेस-एमालेले माओवादीलाई चुनावबाट बढार्छु भन्ठान्नु शान्तिप्रक्रिया र चुनावपछिका दिन भुसुक्क बिर्सनु हो ।

 

तेश्रो, कांग्रेस-एमालेको हातमा रगत छैन, दुधले धोएको जस्तो सेतो छ भन्ने पनि होईन । सुरक्षा-फौजको कर्तुत त भनिरहन पर्दैन । त्यसमा जिम्मेवार को हुन्छ ?

 

भन्नुहुन्छ भने यो रगतको कालोकथा शुरु गर्ने नै गिरिजा प्रसाद कोईराला हुन् । अपरेशन किलो-शियराको कथा सुन्नु भा छ ? देउबा त कुरै भएन । हेरिरहनु होला, माओवादी संगसंगै देउबा अन्तर्राष्ट्रिय अदालतमा उभ्याईनेछ एकदिन । कोईराला, देउबा, खुम बहादुर खड्काको रक्तपिपाशा माओवादीको भन्दा एक थोपा पनि कम छैन । यी सारा कथा राज्यको तर्फबाट भएका मानवअधिकार उल्लंघनका अपराधमा लिपीबद्ध छन् । एकदिन यसको हिसाबको दिन आउनेछ ।

 

भनेपछि, Narayangarh suburb-jyu, कुन हो त तपाईको मत पाउने दल ?

 

Nepe

 

 

Read Full Discussion Thread for this article