Posted by: Nepe April 8, 2008
Maoists supporters...good news for you
Login in to Rate this Post:     0       ?        

Pyari_kt-jyu,

 

तथ्यांकहरुले के देखाउँदछन् भने माओवादीको तुलनामा सुरक्षा-फौजले धेरै संख्यामा, धेरै र लामो यातना दिएर र बढी क्रुर तरीकाले मान्छे मारेका छन् । सुरक्षा-फौज सरकारले परिचालन गरेको भएकोले त्यसको नैतिक र भौतिक जिम्मेबारी सरकार प्रमुख र सहयोगीहरुकै हो । जनयुद्ध भरिमा सरकार प्रमुख भएका शेर बहादुर देउबा, गिरीजा कोईराला, सुर्य बहादुर थापा, ज्ञानेन्द्र शाह हुन् । शेर बहादुरले ईमर्जेन्सी लगाउँदा समर्थन गर्ने एमाले पनि हो । इमर्जेन्सीमा नै सबभन्दा बढी क्रुरता भएको हो । अब भन्नोस्, कसलाई के मुखले भोट दिने ?

 

त्यसैले कसैलाई पनि भोट नदिने, कि त सबैलाई दिने भनेको हो मैले ।

 

जहासम्म युद्ध अपराधहरु छन् त्यसको हिसाब अहिले थाती छ । पहिले युद्ध समाप्ती र नि:शस्त्रिकरण हुनुपर्छ अनि युद्ध अपराधको हिसाब गरिन्छ । द्वन्दनिवारणको विधी नै यस्तै हो ।

 

त्यसैले जो जो अपराधमा जिम्मेवार छन् तिनीहरुलाई कठघरामा उभ्याउने र पीडीत हरुको सम्मानको पुनर्स्थापना गर्ने र परिवारजनलाई क्षतिपूर्ति दिएर पीडा निको पार्नेतिर लाग्ने काम बाकी नै छ, ती दिन आउनेछन् ।

 

र यो सबै काम माओवादीलाई एकमुष्ट खेदेर र कांग्रेस-एमालेलाई एक-छत्र राज गर्न दिएर होईन बरु सबै अपराधीहरुलाई एकै ठाउँमा राखेर मात्र सम्भव हुन्छ ।

 

र नेपाली मतदाताहरुले गर्ने पनि त्यसै हो जस्तो लाग्छ । हेरम्, केही दिनको कुरा हो ।

 

Read Full Discussion Thread for this article