Posted by: Rahuldai April 7, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        

तारेमाम चेली, र चेला हरु !

भोट भन्ने छुसी त के हो र, जस्लाई दिए नि चोट पर्ने हुन्न। जिन्दगीको भोट दिंदा बडो होसियार हुनु पर्दछ। जाँची परखी, अर्थ बिचार गरेर भोट दिनु पर्दछ, अन्यथा असंख्य दिलहरुमा नमेटिने चोट लाग्न सक्छ।


त्यसैले ज जस्को झ्याइ गर्न र झ्याइ हुन बाँकी छ, सोची सम्झी भोट दिनु होला।


मायालु हजार हुन्छन, तर माया एकै हुन्छ,
बुझेर माया देउ, लिनु पर्ने एकै हुन्छ।

माया सधैं नै चोखो सत्य र अमर हुन्छ,
बरु कोइ मायालु नै जुठो र झिठो हुन्छ।
मायालुहरु मरेर मरिदैन मायाहरु,
लाश माथि पनि माया बाँचिरहेकै हुन्छ।
सोचेर माया देउ, सम्झेर माया लेउ,
एक पल्ट साटे पछी फर्काउन गाह्रो हुन्छ।

 

मायाको गुंड मुटुको गहिराइ भित्र हुन्छ,
त्यो लिना गाह्रो हुन्छ, दिन पनि गाह्रो हुन्छ।

सोचेर माया देउ, सम्झेर माया लेउ,
मन पारी माया गर्दा लाज मर्दो पनि हुन्छ।

 
 

Read Full Discussion Thread for this article