पहिला पहिला मैले सोच्ने गर्थेँ :
" निर्मल लामा र लिलामणिहरूले संयुक्त जनमोर्चा फुटालेकै कारण, दीनहीन बनेको बाबुराम पम्फा समूहलाई अदालतले पनि बर्खास्त गरी चुनाब चिन्ह र पार्टी नाम पनि खोसेका कारण हतास मनस्थितिमा धक्कू लगाएर हिंसात्मक संघर्षमा लागेकाहरूका नेता प्रचण्ड अति धेरै करिश्मायुक्त नेता हुनुपर्छ "।
तर भूमिगत जीवनबाट बाहिर निस्केपछि प्रचण्ड किन मलाई शिघ्रपतनको स्खलन भन्दा पनि महत्वहीन र नीच लागिरहेको छ ?
के माओवादी भित्र अपवाद स्वरूप रहेका थोरै पढेलेखेका मध्येका बाबुराम र हिसिलाले सम्मान गर्न हुने बौद्दिक उचाइ र राजनीतिक सुझबुझ भएको नेताको रूपमा प्रचण्डलाई मान्न पर्ने कुनै कारण देख्नुभएको छ कसैले ?
सामान्यतया कम्युनिष्टहरूमा वाक्चातुर्य वा भाषण गर्ने कला त हुने गर्थ्यो तर प्रचण्डमा बाँकि कम्युनिष्टमा हुने यो कलाको पित्को पनि मैले देखिन , तपाईँहरूले देख्नु भयो ? हेर्नुस त झूटो कुरा नै किन नहोस् प्रदिप नेपाल र खड्ग ओली कसरी सिस्नोको मुट्टाले हाने जस्तो गरी बोल्छन् ।
अहिले माओवादीले भनिरहेका छन् संविधानसभामा उनीहरूलाई भोट चाहिन्छ रे । के अहिले सम्म नेपाली जनतलाई रगतका आँसू बहाउन वाध्य पार्ने समूहलाई अब उपहारमा सत्ता दिएर , शैतानालाई भण्डार सुम्पनु पर्ने दूर्भाग्य नै जनताको नसीब हो त ?
तर उनीहरुले बुझ्नुपर्छ , संसदवादी दलहरूले उसलाई उसको न्युनुनतम मागमा चित्त बुझाउनका लागि संविधानसभाको यो बिन्दुमा ल्याएका हुन , ऊ सत्ताको एकलौटी हकदार हो भन्ने मिथ्या कल्पनामा हैन । सम्झौताको यो राजनीतिमा , उसको अहंकार जति मच्चिन्छ , त्यही गतीमा थच्चिन्छ । जसरी भूमिगत हुँदाका प्रचण्ड सार्वजनिक जीवनमा एउटा हाँस्य व्यंग्यका विदूषकमा घटेका छन् । मरिन्छ कि भनेर , बंकरभित्र सुरक्षित हुन खोज्ने उनको डरले सद्दामको नियति सम्झाएको छ , र यो माथिको फोटो सहितको उद्दरणले हत्याराहरु मृत्यूको छायादेखि पनि कति त्रस्त हुन्छन् भन्ने सत्यलाई चिच्याइ चिच्याइ बताइरहेको छ !