Posted by: bikash kc April 4, 2008
हिजोका रक्तपिपासु आज आँफै असुरक्षित ...........
Login in to Rate this Post:     0       ?        
घटना र विचारका मुख्य समाचार
१९-चैत-२०६४,बुधवार
 
 
ज्यान सुरक्षाका लागि प्रचण्डका चालक परिवर्तन

दस वर्षसम्म बन्दुक र बमबारीभित्र सुरक्षित रहनुभएका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई युद्ध समाप्तिको डेढ वर्षपछि ज्यादा असुरक्षा महसुस हुन थालेको छ। फागुनको अन्तिम सातादेखि माओवादीका नेताहरूमाथि हत्या गर्ने 'प्रतिगामी'हरूको योजना रहेको बताउँदै आउनुभएका अध्यक्ष्ँ प्रचण्डले मध्यपश्चिम र पूर्वीक्षेत्रको भ्रमण सकेर काठमाडौँ आएपछि सुरक्षा खतरा भएको भन्दै उपत्यकाबाहिर नै नजाने निर्णय गरिसक्नुभएको छ। सुरक्षा खतरा बढ्दै गएको महसुस भएपछि उहाँले आफ्नो गाडीचालक पनि परिवर्तन गर्नुभएको समाचार प्राप्त भएको छ।  
अध्यक्ष प्रचण्डले हाल आफ्नो गाडी हाँक्ने जिम्मा विदादास्पद मानिएका पुत्र प्रकाश दाहाललाई दिनुभएको छ। यसअघि प्रचण्डको गाडी जनमुक्ति सेनाका छापामारले हाँक्दै आएका थिए। पूर्वी नेपालबाट राजधानी फर्केलगत्तै प्रचण्डले आफ्नो गाडी हाँक्ने जिम्मा पुत्रलाई दिनुभएको उहाँको सुरक्षा स्रोतले घटना र विचारलाई जानकारी दिएको छ।  
२०६२ साल असार २ गते प्रधानमन्त्री निवासमा प्रकट भएपछि माओवादी अध्यक्ष प्रचण्डले एमालेका तत्कालीन महासचिव मदन भण्डारीलाई जसरी आफूलाई हत्या गर्ने षड्यन्त्र भइरहेको बताउनुभएको थियो। मदन हत्याका लागि आशङ्का गरिएका अमर लामा पनि मदनको विश्वासपात्र रहेको विगतलाई समीक्षा गदर्ैै प्रचण्डले आफ्ना जनमुक्ति सेनाका ड्राइभरलाई अविश्वास गर्नुभएको बुझिएको छ। हुन त उहाँको सुरक्षाका लागि सरकारले सशस्त्र प्रहरीका डीएसपीको नेतृत्वमा १७ जना सुरक्षाकर्मीको व्यवस्था गरेको छ। प्रचण्डले 'रेस्टरुम' प्रयोग गरेका बेलाबाहेक सो सुरक्षा टोली उहाँकै साथमा रहँदै आएको छ। यसैगरी पासाङले हेर्दै आएको प्रच्ाण्डको निजी सुरक्षाको  
जिम्मा जनमुक्ति सेनाका डिभिजन भाइस कमान्डर मञ्जिलले लिएका छन्।  
प्रचण्डले डा्रइभर फेेर्नुको उद्देश्य उद्दण्ड रहेको भनिएका छोरा प्रकाशलाई सुधार्न खोजिएको बताइएको छ। प्रचण्डले भने आफ्नै सुरक्षामा खटिएका जनमुक्ति सेनाले आफ्ना विरोधीहरूको प्रलोभनमा परेर कुनै पनि बेला फसाउन सक्ने आशङ्का गर्दै छोरालाई चालक बनाउनुभएको छ। युद्धकालमा आफ्नै अङ्गरक्षकले जनमुक्ति सेनाका डेपुटी कमान्डर पासाङको हत्या गर्न खोजेको विगतको उदाहरणका आधारमा प्रचण्डले युद्ध लडेका छापामारभन्दा आफ्ना प्रिय छोरालाई ड्राइभर बनाउनुभएको समेत चर्चा हुन थालेको छ। विगतमा सरकारले पठाएका अनुसन्धानकर्मी नै जनमुक्ति सेनामा प्रवेश गरेर पासाङको अङ्गरक्षक भएको 'तीतो' अनुभवका आधारमा प्रचण्डले छोरालाई रोज्नुभएको हो। प्रचण्डले चुनावका मुखमा अझै ठूलठूला हत्याशृङ्खला बढ्न सक्ने बताउँदै आउनुभएको छ।  
गाडी हाँक्न खटिएका पुत्र प्रकाशबाट पनि प्रचण्डले पूर्ण सुरक्षा भने महसुस गर्न पाउनुहुने विश्वास गर्न सकिन्न। प्रकाशले यसअघि राजधानीका विभिन्न स्थानमा पटकपटक सवारीसाधन ठोक्काइसकेका छन्। प्रचण्डले आफ्नो गाडी हाँक्न छोरालाई जिम्मा दिनुभएको भए पनि सुरक्षाका लागि आफ्ना नातागोता रहेका जनमुक्ति सेना भने खटिएका छैन्ान्।  –विप्लव
 
http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=8697
Read Full Discussion Thread for this article