Posted by: Nepe April 3, 2008
हँुदैन चुनाव
Login in to Rate this Post:     0       ?        

Mr. Truth-jyu,

 

मेरा एक-दुई विचार र दूर-अवलोकन बाँड्न चाहन्छु ।

 

 

. माओवादी गुण्डागर्दी भर्सेज गैर-माओवादी शान्त आचार

 

वास्तविकता के छ भने माओवादी समुह भौतिक गुण्डागर्दीमा अरु भन्दा धेरै अगाडि छ भने गैर-माओवादी समुहहरु वैचारिक गुण्डागर्दीमा धेरै अगाडि छन् ।

 

नेपाली कांग्रेस र एमालेका भारेभुरे उम्मेदवारको त के कुरा बडे बडे प्राज्ञिक योग्यताका उम्मेदवारहरु समेत माओवादीका वैचारिक यात्राबारे सार्वजनिक रुपमै फटाहा र बेईमान कुरा गर्दै हिडिरहेका छन् ।

 

माओवादीले अरु सबैको भन्दा पहिले प्रस्तुत गरेको चुनावी घोषणापत्र (प्रतिवद्धतापत्र) मा नेपाली कांग्रेस र एमालेको भन्दा पनि धेरै विस्तृती र स्पष्टताकासाथ लोकतान्त्रिक गणतन्त्रमा प्रतिवद्धता र केहि हदमा भिजन समेत (यद्यपि कतिपय बुँदा, जस्तै जातीय संघियता, मा मेरो विमति छ) प्रस्तुत गरेको छ । ती कुराहरुमा नेपाली कांग्रेस र एमालेका प्राज्ञिक उम्मेदवारहरुले आ-आफ्नो दलको घोषणापत्र दाँजेर खण्डन-मण्डन गर्नु त कता हो कता घोषणापत्रको पनि उच्चारण नगरी माओवादीविरुद्ध जे पायो त्यही बोल्दै हिडेका छन् ।

 

त्यसैले यस चुनावमा वैचारिक प्रतिस्पर्धाको साटो भौतिक प्रतिस्पर्धा हुनदिनुमा नेपाली कांग्रेस र एमालेका खास गरेर प्राज्ञिक योग्यताका उम्मेदवारहरु पनि जिम्मेवार देख्तछु म ।

 

 

. क्रान्ति भर्सेज् विधीसम्मत परिवर्तन

 

नेपालमा भएको र भईरहेको राजनैतिक र सत्तात्मक परिवर्तन विधीसम्मत नभएको भनेर बडे बडे अधिवक्ता, न्यायधिश, संविधानशास्त्री र पत्रकारहरु समेत भनेको भनेई छन् । निश्चय नै दल-गठबन्धन, सरकार र संसद समेतका कतिपय राजनैतिक निर्णयहरु पाठ्यपुस्तके संविधानवाद विपरित भएका छन् र पाठ्यपुस्तके विशेषज्ञहरुले सो कुरा औंल्याउनु स्वाभाविकै हो । तर यी टाउकेहरुले के कुरालाई देख्यानदेख्यै वा नजान्या झै गर्‍या देख्दा मलाई अचम्म लाग्छ भने नेपालको परिवर्तन शान्तिकालिन परिवर्तन नभएर बरु शान्तिप्रक्रिया समेत गाँसिएको दलिय पुनर्दिक्षण (republican indoctrination) अनि राज्यपुनर्संरचनाको मुद्धा समेत गाँसिएको राजनैतिक परिवर्तन भएकोले पाठ्यपुस्तकको विशुद्ध शान्तिकालिन संविधानवादबाट मात्र सम्भवै हुँदैन । यति कुरा त केटाकेटीले पनि बुझ्न सक्ने कुरा हो । तर हाम्रा दिग्गज विशेषज्ञहरुले भने बेलाबेलामा नबुझ्ने गरेकाले त्यो नबुझाईमा नबुझाई बाहेक अन्यथा पनि होला भनी लख काट्छु म । त्यो अन्यथा संभवत: नयाँ गणतन्त्रिय संस्थापनामा भिजिनसकेको अवस्थाको प्रतिविम्ब होला ।

 

जहासम्म गणतन्त्रको कुरा छ, यो मैले माथि भनेजस्तो एक यौगिक र जटिल विधीद्वारा स्थापना भईसक्यो । जहाँसम्म यसको लोकतान्त्रिक वैधानिकताको प्रश्न छ, खासमा यस्तो प्रश्नै छैन । वैधानिकता दुई प्रक्रियाद्वारा लिन सकिन्छ; एक, निर्णयपूर्वी जनमतद्वारा र अर्को निर्णयोत्तर अनुमोदनद्वारा । निर्णयोत्तर अनुमोदनको प्रक्रिया जारी छ । जारी रहेको प्रक्रियालाई बीचैमा प्वाक्क प्रश्न गर्ने प्रश्नै आउँदैन ।

 

 

. माओवादीको चुनावी हार

 

अन्य कुरा संगसंगै दुई चरणका मधेसी "आन्दोलन" ले माओवादीलाई मधेसबाट बढारेको भन्ने अनुमान समेतले गर्दा माओवादीले चुनावमा नराम्रोसित हार खाने भविष्यवाणी र विश्वास नेपाली संभ्रान्त नागरिक समाज, मिडिया आदि सबैले गरिरहेका छन् । नेपाली कांग्रेस र खास गरेर एमाले पनि माओवादीलाई हराउन जमेर लागेको छ । अब वास्तविकता देखिने दिन धेरै टाढा छैन ।

 

चुनावको परिणाम जेजस्तो आए पनि एउटा कुरामा भने एमाले र केहि हदमा नेपाली कांग्रेस पनि बेतयार, बेखबर र साधनविहीन देखिन्छ । त्यो हो कथंकदाचित पराजित भएका माओवादीलाई लिएर शान्तिप्रक्रिया पुरा गर्ने र मुलुकलाई अगाडि बढाउने । यो कुरा कांग्रेस र एमालेको न त बुतामा छ न त भिजनमा छ । के कुरामा कुनै आश्चर्य नै छैन भने माओवादीको पूर्ण नि:शस्त्रीकरण सहितको शान्तिस्थापना गर्ने विस्तृत भिजन नेपाली कांग्रेस र एमाले दुवैको घोषणापत्रमा छैन । यस मामिलामा यी दुवै दल भगवान भरोसामा छन् ।

 

मेरो आफ्नो निर्क्योलमा, अहिले गणतन्त्रको संस्थाकरण गर्नका लागि मात्र होईन, विखण्डनकारी राजनीतिलाई टाउको उठाउनै नदिने प्रकारको राष्ट्रिय फ्रेमवर्कमा चल्ने संघियताको बहस चलाउन र बहन गर्नको लागि एकातिर र अर्कोतिर माओवादीलाई लोकतन्त्रबाट विमुख हुन नदिनको लागि समेत सत्तामा माओवादीको सार्थक उपस्थितिको आवश्यकता छ । उ योग्य छ कि छैन, यो अलग्गै विषय हो र यसको टुङ्गो पनि छिट्ठै लाग्नेछ । तर माओवादीको उल्लेख्य उपस्थिति बिना यो मुलुकले आउँदा केही वर्षहरुमा जारी रहने परिवर्तन धान्न सक्दैन ।

 

त्यसैले सबै जोडघटाउ गर्दा माओवादी तेश्रो ठूलो दलको रुपमा आओस् भन्ने मेरो कामना छ । त्यो सम्भवत: गुण्डागर्दी बिना नै हुन सक्थ्यो भन्ने पनि मेरो ठम्याई छ ।

 

Nepe

Read Full Discussion Thread for this article