Posted by: MR_TRUTH April 3, 2008
हँुदैन चुनाव
Login in to Rate this Post:     0       ?        
रक्तपात रोक्ने प्रस्ताव अस्वीकृत
१७-चैत-२०६४,सोमवार

काठमाडांै। मतदानको मिति नजिकै आइसक्दा पनि संविधानसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न हुने कुरामा सुरक्षा निकायका प्रमुखहरुसमेत विश्वस्त हुनसकेका छैनन्। चैत २८ को निर्वाचन रक्तपातविहीन बनाउने सुरक्षा निकायको प्रस्ताव प्राविधिक कारण देखाएर निर्वाचन आयोगले तुहाई दिएको छ भने माओवादीले सात दलको सहमति तोड्दै घरेलु हतियार संकलन गर्न थालेपछि 'जनयुद्ध' को समयमा भन्दा निर्वाचन बुथ आतंकित क्षेत्र हुने भएको छ। नेकपा माओवादीले आफ्ना मतदातालाई १२ बजे अगाडि नै बुथमा जान उर्दी जारी गरेको छ भने अन्य पार्टीका मतदातालाई गौंडा गौंडाबाट फर्काउने नीति लिएको छ। राजधानीमा मात्रै गत हप्ता महाराजगञ्ज एरियाले असन र स्वयम्भुबाट खुकुरी, रड र लाठी खरिद गरेको बुझिएको छ।  

प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला विराटनगर भएकै समय पारेर मुस्लिम समुदायलाई भड्काउने गरी बम विष्फोट गराइएको छ। आगामी २४ गतेसम्ममा रक्तपातका घटना घटाएर चुनाव भाँड्ने अभियानमा माओवादी र प्रतिगामी तत्व अलग अलग ढंगले लागेका छन्। दुवै निरंकुशतावादी र अधिनायकवादीको प्रमुख टार्गेट भने नेपाली कांग्रेस र एमालेलगायत संसदवादी दलहरु नै हुने भएका छन्।  
गृहमन्त्रालयअन्तर्गत रहेको तीनवटै सुरक्षा निकायका प्रमुखहरुले गत बिहीबार साँझ प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भेटघाट गरी चुनावका लागि सुरक्षाको प्रबन्ध पर्याप्त नरहेको जानकारी दिँदै १० दिनको फरकमा दुई चरणमा निर्वाचन गराउनु पर्ने सुझाब दिएका थिए। त्यस्तै हिजो आइतबार तीन बजे बसेको बैठकमा पनि रक्तपातको स्थिति माओवादीका कारण आउनसक्ने बताएका थिए। गृहमन्त्रालयका सचिव उमेश मैनालीको नेतृत्वमा जनपद प्रहरीका प्रमुख ओमविक्रम राणा, सशस्त्र प्रहरीका प्रमुख वासुदेव वली र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख धनसिंह कार्कीले संयुक्तरुपमा प्रधानमन्त्री कोइरालालाई करिब डेढ घण्टा रिपोर्टिङ्ग गरेका थिए। एउटा उम्मेदवारका लागि ३ देखि ७ जनासम्म सुरक्षाकर्मी खटाउँदा करिब १५ हजार सुरक्षाकर्मी चाहिने, उम्मेदवार प्रचार–प्रसार गर्न गएका ठाउँमा थप मोबाइल टोली खटाउनुपर्ने र एउटा मतदान केन्द्रमा कम्तिमा ५ जनाका दरले सुरक्षाकर्मी खटाउँदा ५० हजार खपत हुने आँकडा पेश गर्दै सुरक्षा निकायका प्रमुखहरुले प्रधानमन्त्री  
कोइरालासँग भने– एक चरणमा निर्वाचन गराउँदा ठूलो संख्यामा सुरक्षाकर्मी अपुग हुनसक्छ। प्रधानमन्त्री कोइरालाले म्यादी प्रहरीबाट काम चलाउन सकिने नसकिनेबारे पनि जिज्ञासा राख्नुभएको थियो। तर म्यादी प्रहरीमा वाईसीएलको घुसपैठ भएका कारण मतदान केन्द्रको सुरक्षा झन् जटिल भएको स्पष्टीकरण दिएर सुरक्षा निकायका प्रमुखहरुले प्रधानमन्त्री कोइरालालाई थप निराश बनाइदिए। विगतका निर्वाचनमा नेपाली सेना परिचालन गरिएका कारण सुरक्षाको स्थिति त्यति जटिल नबनेको तर्क उनीहरुको थियो। तर यसपटक सेना परिचालन नहुने र माओवादीले सैनिक ट्रेनिङ्ग दिएको वाईसीएलको जत्था आफ्नो पक्षमा मतदान प्रभावित गर्न हरेक बुथमा खटिने भएकाले निर्वाचनका क्रममा ठूलो रक्तपात हुने सूचना आफूलाई प्राप्त भएको राष्ट्रिय अनुसन्धान विभागका प्रमुख धनसिंह कार्कीले जानकारी गराए। कुटपिट र झडपका कारण धेरै मान्छे हताहत हुनसक्ने सुरक्षा निकायको रिपोर्टिङ सुनेपछि दुई चरणमा चुनाव गराउने कुरामा प्रधानमन्त्री कोइराला पनि 'कन्भिन्स' हुनु भएको थियो। सुरक्षा निकायको रिपोर्टिङ सुनिसकेपछि प्रधानमन्त्री कोइरालाले तुरुन्त प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेललाई बोलाएर जानकारी दिनुभयो। प्रमुख निर्वाचन आयुक्त पोखरेलले पनि शान्ति सुरक्षाको अवस्था अत्यन्त जटिल रहेको र निर्वाचन आचारसंहिता पालना गराउन आफूलाई कठिन भइरहेको बताएका थिए। सुरक्षाकर्मीको संख्या आधा कम भएको बताउँदै पोखरेलले भने– 'दुई चरणमा निर्वाचन गराउने प्रस्ताव मानसिव भए पनि अब समय घर्किसक्यो, तर सात दलको सहमति हुन्छ भने पुनर्विचार गर्न आयोग तयार छ। सबै मतदान केन्द्रहरुमा कर्मचारी, मतपेटिकालगायत निर्वाचन सामग्रीहरु पठाइसकिएका कारण दुई चरणमा निर्वाचन गराउने प्रस्तावको समय घर्किसकेको प्रमुख आयुक्तले भोजराज पोखरेलले बताएको समाचार सूत्रले बताएको छ।  
प्रधानमन्त्री कोइरालाले तीन दिनभित्रैमा सात दललाई मनाएर दुई चरणमा निर्वाचन गराउने प्रस्ताव पारित गर्न सक्नुभयो भने संविधानसभा निर्वाचन सार्थक हुने सम्भावना जीवितै छ। तर यसो गर्न सक्ने अवस्थामा प्रधानमन्त्री कोइराला पनि हुनुहुन्न। दुई चरणमा निर्वाचन गराउने प्रस्तावको विपक्षमा माओवादी देखिएको कुरा प्रधानमन्त्री कोइरालाले बुझिसक्नुभएको छ। माओवादीले अहिले सिट जित्ने आशा गरेको भनेकै कमजोर सुरक्षा स्थितिको फाइदा उठाएर बुथ कब्जाको माध्यमबाट हो। दुई चरणमा निर्वाचन भयो भने बुथ कब्जाको सम्भावना नरहने भएकाले नाका नाकामा बसेर अन्य पार्टीका मतदातालाई लखेट्नेबाहेक चुनावमा सम्मानजनक सिट जित्ने अर्को विकल्प माओवादीसँग रहने छैन।  
एक अर्काका आमसभाहरु नबिथोल्ने, आक्रमण नगर्ने, सबैले सबैको अस्तित्व स्वीकार गर्ने निर्णय गर्दै सात दलको संयुक्त बैठक सकिएको भोलिपल्टै माओवादीले सोलुखुम्बुमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीको ज्यान नै लिने उद्देश्यका साथ आक्रमण गरेका कारण सात दलको संयुक्त बैठकको विश्वसनीयता एवं सान्दर्भिकता हराएर गएको छ। कांग्रेस माओवादी एवं एमाले माओवादीबीच तिक्तता एवं अविश्वासको खाडल निकै गहिरो हुँदै गइरहेको छ। माओवादीले नेपाली कांग्रेस र एमालेका २७ जना नेताको ज्यानै लिने गरी आक्रमण गर्ने योजना बनाएको र  त्यो लिस्टमा आफ्नो पनि नाम रहेको कुरा एमाले नेता केपी ओलीले सार्वजनिक गर्दा कसैले महत्व दिएका थिएनन्, केबल चुनावी भाषणका रुपमामात्र ओलीको भनाइलाई लिइएको थियो। तर कांग्रेस नेता बलबहादुर केसीमाथि भएको संघातिक आक्रमणले पूर्व गृहमन्त्री ओलीको भनाइ सत्य तथ्य सूचनामा आधारित रहेको पुष्टि गरेको छ। आफ्नो निर्वाचन क्षेत्रका जनतालाई खुसी बनाएर सधंै चुनाव जित्ने अवस्थामा रहेका कांग्रेसका दिलेन्द्रप्रसाद बडूदेखि एमालेका देवशंकर पौडेल तथा राजेन्द्र पाण्डेसम्मका नेताहरु माओवादीको संघातिक आक्रमणको शिकार भइसकेका छन्। नेपाली कांग्रेसका खुमबहादुर खड्का, बलबहादुर केसी, गोविन्दराज जोशी, पाल्तेन गुरुङ, दीपकुमार उपाध्याय, दिलेन्द्रप्रसाद बडू, चिरञ्जीवी वाग्ले, डा.रामशरण महत, अर्जुननरसिंह केसी, दिलमान पाखि्रन बाँचुञ्जेलसम्म ती जिल्ला तथा निर्वाचन क्षेत्रमा आफ्नो पार्टीको उम्मेदवारले कहिल्यै चुनाव जित्न नसक्ने निचोडमा पुगेको माओवादीले मतदानका दिनसम्म जस्तोसुकै हर्कत गर्नसमेत पछि नपर्ने बुझिएको छ। उक्त सूचीमा माओवादीले केपी ओली, राजेन्द्र पाण्डे, देवशंकर पौडेल, धर्मनाथप्रसाद साह, रघुवीर महासेठलगायतका एमाले नेताहरुको नामसेत राखेको बुझिएको छ। गोविन्दराज जोशीमाथि सांघातिक आक्रमण गर्ने कुरा त माओवादी नेता डा.बाबुराम भट्टराईले नै हालै तनहुँको दमौलीमा आयोजित आमसभामै बताइसकेका छन्।
मतदानका क्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी एक लाखभन्दा बढी पर्यवेक्षक मतदान केन्द्रमा उपस्थित हुने भएका कारण सीधै बुथ कब्जा गर्ने रणनीतिलाई बदलेर माओवादीले अन्य पार्टीका मतदातालाई बाटोबाटै फर्काइदिने रणनीति अख्तियार गरेको छ। हामीले मतदान केन्द्रमा क्यामरा फिट गरेका छौं, तिमीहरुले मत दिएनौ र हामीले हार्यौंा भने फेरि जंगल फर्कन्छौं, पाल्नुपर्ने तिमीहरुले नै हो भन्दै माओवादीले धम्कीको भाषामा चुनाव प्रचार गरिरहेको छ। जित्ने त काठमाडौं गएर बस्ला, तर भोट दिनेहरु गाउँमै बस्नुपर्छ, ख्याल राख्नु भन्दै माओवादी वाईसीएलको जत्था धम्की दिँदै गाउँगाउँमा हिँड्न थालेपछि सर्वसाधारणमा भय र त्रास बढ्न थालेको छ। रुपन्देही जिल्लाको एउटा सुकुम्बासी बस्तीमा जग्गाधनी प्रमाण पूर्जाका नक्कली कपी देखाउँदै माओवादीले आफ्नो प्रचार अभियान सुरु गरेका छन्। लालपूर्जा बनिसकेको छ, नाम लेख्न बाँकी हो, हामी सत्तामा गएपछि नाम लेख्छौं भन्दै जग्गाधनी प्रमाण पूर्जाका नक्कली कपी लिएर माओवादी गाउँगाउँ घुम्न थालेपछि रुपन्देही क्षेत्र तनावग्रस्त बनेको छ। आफ्नो पराजय भए निर्वाचन परिणाम अस्वीकार गर्दै विद्रोहमा उत्रने चेतावनी माओवादी नेतृत्वले सार्वजनिक भाषणबाटै दिन थालेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत पनि सचेत देखिएको छ।
Read Full Discussion Thread for this article