Waka-jyu,
तपाईको झर्रो भाषामाथिको प्राधिकार त निर्विवाद छदैछ । गजलको प्राविधिक व्याकरण र शैलीगत विशिष्टतालाई पनि ग्रहण गरिरहनु भएको देख्न पाउँदा खुशी लाग्छ । अब जहाँसम्म वस्तु (content) को कुरा छ, म यथार्थवाद रुचाउँछु । अब कवितामा, खास गरेर गजलमा केको यथार्थवाद नि, गजल भनेकै अतिशयोक्तिवाद हो भन्ने कुरा आउला । त्यो कुरा त हो, तर मलाई के लाग्छ भने अतिशयोक्तिमा पनि कुनै प्रकारको संतुलन वा संकेतद्वारा यथार्थ पस्किन सकिन्छ । मेरो यो सोचाईलाई सम्भवत: “जादुई यथार्थवाद” (magical realism) भनिन्छ होला ।
यो “जादुई यथार्थवाद” बारे मैले सिक्नै बाँकी भएकोले केही भन्न सक्ने स्थितिमा छुईन । जिज्ञासा छ भने google गर्नुहोला । केही समय अघि नेपालका सम्मानित साहित्यकार प्राज्ञ गोविन्दराज भट्टराईले पोखराको एक साहित्य भेलामा यसको चर्चा गरेको तर श्रोताहरुले यथेष्ट मूल्य नदिएको गुनासो गरेका थिए ।
http://www.kantipuronline.com/kolnepalinews.php?&nid=141541
एनिवे, मेरो आसय के हो भने हाम्रा शास्त्रिय गीत-गजलले प्रस्तुत गर्ने गरेका काल्पनिक प्रेम र काल्पनिक प्रेमीहरुलाई नै अन्तिम नमानेर आफैले देखे भोगेको वास्तविक प्रेम र वास्तविक प्रेमीहरुको यथार्थ जे छ त्यही पो पस्कने हो कि ?
मैले तपाईको प्रस्तुतीलाई काल्पनिक दावी गरेको चाही होईन है । त्यो नितान्त काल्पनिक हो वा वास्तविकतामै आधारित हो भन्ने कुरा त लेख्ने मान्छे तपाईलाई मात्र थाहा हुने कुरा हो ।
जे भए पनि, यथार्थ पात्र र यथार्थ पात्रजीवनलाई गजलको जादुमय शैलीमा पस्कनुहोस् भन्ने मेरो आसय हो । तर के पनि भन्न छुटाउनु हुन्न मैले भने कल्पना पनि एक तहमा यथार्थ नै हो । यसो भनम् न, कल्पना दुई प्रकारको हुन्छ – यथार्थ कल्पना (वा काल्पनिक यथार्थ) र काल्पनिक कल्पना । मैले खोजेको काल्पनिक यथार्थ हो काल्पनिक कल्पना होईन ।
कुरो जटील पो बनाए क्यारे मैले । अब यसलाई यहीं बिसाउँछु ।
सदा झै, समस्त शुभकामना सहित,
Nepe