Posted by: shirish March 31, 2008
Sujata's road to Premiership of Nepal: unauthorized documentation
Login in to Rate this Post:     0       ?        
खर्चको जिम्मा छोरीलाई

काङ्ग्रेस उम्मेदवारको खर्चवर्चमा सुजाताको हालीमुहाली

फागुन सिद्धिएलगत्तै प्रधानमन्त्री गिरजिाप्रसाद कोइराला चैतको यामजस्तै विरक्त र उराठ देखिन्थे । नेपाली काङ्ग्रेसका सभापतिसमेत रहेका कोइराला त्यसै अस्तव्यस्त भएका थिएनन्  । कारण थियो, आउनै लागेको संविधानसभा निर्वाचनमा पार्टर्ीीम्मेदवारहरूका लागि खर्चवर्च ।

पार्टर्ीी उम्मेदवारहरूले पैसाको बन्दोबस्त गरििदन हारगुहार गर्न थाल्दा त्यसको भार पनि आफ्नै थाप्लोमा आएपछि कोइरालाले अन्ततः यसको अनौपचारकि जिम्मा अर्थमन्त्री रामशरण महत, गृहमन्त्री कृष्ण सिटौला र विनाविभागीय मन्त्री छोरी सुजातालाई सुम्पेका छन् । केन्द्रीय सदस्यत्रय महत, सिटौला र सुजाताले आ-आफ्नो स्रोतव्यक्ति र संस्थाहरूमार्फ पैसाको जोहो गररिहेका छन् । तर, यो अर्कै कुरा हो कि, पार्टर्ीीई आर्थिक सहयोगका सम्बन्धमा न सहयोग लिनेले न त सहयोग दिनेले नै आफ्नो धारणा र्सार्वजनिक गर्न रुचाउ“छन् ।

एक नेता २०३७ सालको जनमतसङ्ग्रहमा पराजित भएपछि काङ्ग्रेसले भोगेको प्रतिकूलतालाई झलझली सम्झन्छन् । ०३८ सालमा सो पार्टर्ीी राष्ट्रिय पञ्चायतको चुनावमा सहभागी हुने घोषणा गरेको थियोे । त्यसका निम्ति उम्मेदवारहरूलाई चाहिने रकम जुटाउन काङ्ग्रेसका तत्कालीन सभापति बीपी कोइराला आफै“ लागे भने पार्टर्ीीेता कृष्णप्रसाद भट्टर्राईलाई जमलस्थित पार्टर्ीीेन्द्रीय कार्यालयको भाडालगायत नियमित खर्च जोहो गर्ने जिम्मेवारी दिए । पार्टर्ीीार्यालयका घरधनीले लामो समयदेखि बा“की रहेको घरभाडा मागेर हैरान पारेको र आफूले कतैबाट पैसा जुटाउन नसकेको भन्दै भट्टर्राईले सभापतिसमक्ष लाचारी देखाए । बीपीले जङ्गि“दै भने, "यति जाबो जिम्मेवारी पनि पूरा गर्न नसक्ने -"

त्यसपछि बीपीले आफूनिकट रहेका र जनमतसङ्ग्रहका बेला पार्टर्ीीई आर्थिक सहयोग गरेर गुन लगाएका विराटनगरका व्यापारी जुद्घबहादुर श्रेष्ठलाई घरभाडाबापतको २१ हजार रुपिया“ तुरुन्त बन्दोबस्त गरििदन आग्रह गरे । श्रेष्ठले पनि बीपीको आग्रह टाल्न सकेनन् । बीपीले त्यो रकम भट्टर्राईलाई र भट्टर्राईले घरबेटीलाई बुझाए । बीपीलाई जस्तै झ्याउलो अहिले आइलागेको छ, उनकै भाइ कोइरालालाई । पार्टर्ीीलाउनेदेखि निर्वाचनर्-खर्च जुटाउनेसम्मको जिम्मा उनको टाउकोमा छ ।

काङ्ग्रेसलाई विशेषतः निर्वाचनका बेला सहयोग गर्दै आएका उद्यमी तथा व्यापारीहरू दिवाकर गोल्छा, आनन्दराज मुल्मी, प्रकाश शर्मा, वीरेन्द्रकुमार कनौडिया, हिमालय कर्माचार्य आदि हुन् । उनीहरू यसअघिका निर्वाचनमा जस्तै यसपटक पनि काङ्ग्रेसका भरपर्दा आर्थिक सहयोगी हुन् । यसै भएर होला, यसपटक काङ्ग्रेसले संविधानसभाको समानुपातिक उम्मेदवारका रूपमा यी पा“चै उद्यमी तथा व्यापारीहरूलाई उठाएको छ ।

विभिन्न स्रोतबाट उपलब्ध आर्थिक सहयोग पार्टर्ीीजल्ला कार्यसमितिका सभापतिमार्फ प्रत्येक निर्वाचन क्षेत्रमा पुर्‍याइ“दैछ । यसरी जुटाइएको आर्थिक सहयोगमध्येबाट काङ्ग्रेसले प्रतिउम्मेदवार एक लाख रुपिया“का दरले वितरण गररिहेको छ । तर, अधिकांश उम्मेदवारहरूले यो रकम निर्वाचन जित्नका लागि पर्याप्त नभएको गुनासो गर्न थालेका छन् । स्थानीय पार्टर्ीीभापति तथा स्वयम् उम्मेदवारहरूले आफ्नो तहबाट पनि निर्वाचनको प्रचार-प्रसारका लागि खर्च जुटाउने अभियानमा आफै“ सक्रिय हुनुपरेको छ ।

काङ्ग्रेस महामन्त्री कुलबहादुर गुरुङको प्रसङ्ग अझ रोचक छ । एक लाख रुपिया“ चुनाव खर्चसमेत नपाएर रन्थनिएका महामन्त्रीले अर्थमन्त्री महतलाई भनेछन्, "कि मेरो टिकट फिर्ता गर, कि मलाई पैसा देऊ ।" महतले आश्वासन दिएपछि मात्र उनी जिल्ला फर्किएका छन् ।

आन्तरकि स्रोतविहीन भएकाले भैपरी खर्चका लागि पनि आफूनिकटका उद्योगी, व्यापारीहरूकहा“ धाउने प्रवृत्ति काङ्ग्रेसमा नौलो होइन । एमाले, माओवादीलगायतका वामपन्थी दलहरूम्ाा जस्तो कार्यकर्ता पङ्क्तिबाट लेबी उठाउने परम्परा यो पार्टर्ीी छैन । आन्तरकि स्रोत, साधन जुटाउने काम केन्द्रमा पार्टर्ीीभापति र जिल्ला तथा क्षेत्रमा त्यहा“का पार्टर्ीीभापतिहरूकै दायित्वमा पर्छ । अर्थात्, काङ्ग्रेसभित्र सभापति हुनु भनेको पैसाको जोहो गर्ने जिम्मेवारी पनि निर्वाह गर्नु हो ।

विगतका निर्वाचनहरूमा पर्ूवगृहमन्त्री खुमबहादुर खड्का पार्टर्ीीम्मेदवारहरूका लागि स्रोत साधन जुटाइदिने प्रमुख आधार थिए । कतिसम्म भने कुनै उम्मेदवार र जिल्ला समितिले आर्थिक सहयोगका लागि गुहार लगाउनासाथ पार्टर्ीीभापति कोइरालाले खुमबहादुरस“ग भेट्नु भन्थे र खुमबहादुरलाई फोन पनि गरििदन्थे  । कोइरालाको किचेन क्याबिनेटबाट खड्का बाहिरएिपछि त्यसको ठाउ“ सुजाताले लिएकी छन् ।

आफू निकटकाहरूले कुनै आर्थिक सहयोग मागेको खण्डमा वा पार्टर्ीी भ्रातृ निकायहरूले घर भाडा, कार्यक्रम सञ्चालन, जिल्ला दौडाहा वा विदेश भ्रमणका लागि पैसाको सहयोग मागेको खण्डमा सुजाताकहा“ नै पठाउ“छन् कोइराला । त्यसरी सुजातामा आश्रति रहेपछि कार्यकर्ताहरूको परनिर्भरता बढ्ने र अन्ततः सुजाताको राजनीतिक सक्रियतालाई त्यसले बल प्रदान गर्छ भन्ने कोइरालाले राम्ररी बुझेका छन् । आफूनिकटका पार्टर्ीीथा भ्रातृ संस्थाका कार्यकर्तालाई आर्थिक सहयोग दिने मामिलामा सुजाता उदार पनि मानिन्छिन् । स्रोतका अनुसार, स्थानीय तहबाट पैसाको जोहो गर्न नसकेका आफूनजिकका उम्मेदवारहरूलाई सुजाताले राम्रै सहयोग दिइरहेकी छन् ।

सन्तोष आचार्य

Read Full Discussion Thread for this article