Posted by: Birkhe_Maila March 28, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        

७० बर्ख अघिको गोरखापत्र भन्या जस्तो, केहि महिना अगिको भ्रान्तीपूर दैनिक-

भ्रान्तीपूर दैनीक

 

पौष बत्ताइस, दुईहजार गपसट्ठी साल

 

आर्मी परिचालन गरिने

चौकपा खाओबादीका अध्यक्ष अखन्डले, तराईमा संघर्षरत छापामारहरुको गतिबिधी नरोकिएमा अन्तरीम संबिधान अनुसार आर्मी परीचालन गर्ने धम्की दिएका छन्। आफ्नो पार्टी बाहेक अरु कुनै पार्टी वा समुहले कुनै पनि किसिमको छापामार गतिबिधी, आन्दोलन, भौतिक कार्वाही, लुटमार वा हत्या गर्नु आतंकवादी कृयाकपाल भएको ठहर गर्दै कमरेड अखन्डले यस बिषयमा उनका सेकेन्ड ह्यान्ड डाक्टर साधुराम गिध्धेहेराईको दूरदर्षीताको प्रसंशा गर्नुभयो।

 

प्रधानमन्त्री चिरिजा जवान

हालै चौतारी देशमा प्रधानमन्त्री चिरिजा प्रसादको स्वास्थ्यलाई लिएर चलेको नानाथरि हल्लाको खन्डन गर्दै, प्रधानमन्त्री स्वस्थ मात्र हैनन नाक, मुख र आँखामा करिव एक दर्जन अक्सिजन, टियर ग्याँस, अन्यौल ग्याँस, नातावाद ग्याँस, बुढेसकालको पेटको ग्याँस इत्यादीको पाइप अड्याएर टुलुटुलु छोरी कुजातालाई हेर्दै बोल्न सक्ने जवान हुनुभएको कुरा आज आयोजित प्रेस कन्फरेन्समा बताइयो। उक्त प्रेस कन्फरेन्सको आयोजना रिपोर्टर्स कल्ब चौतारीका अध्यक्ष ईस्सि गमलाले ठाडो ठाडो बोल्दै गर्नुभएको थियो।

 

भारत द्वारा सबै भन्दा सस्तो कारको अमेरिकामा प्रदर्शन

छिमेकी राष्ट्र भारतले संसारकै सबैभन्दा सस्तो कारको हिजो अमेरिकाको टेक्सस राज्यमा प्रदर्शन गर्यो। उक्त खबर सुनेर हाम्रो देश चौतारीका एक बिद्धयार्थी नेताले १०-१२ जना भुस्तिघ्रेहरुलाई दायाँ बायाँ राख्दै कलेजको क्यान्टीनमा मौका मिले यहि शैक्षिक वर्ष भित्र युनियनको पैसा तल माथि गरेर उक्त कार किनेर सेन्ट्रल कमिटिको चुनाव प्रचारमा जाने कुरा बताए। प्रयोगात्मक कक्षामा जान कुरिरहेका एक दुब्लो पातलो चस्मा लाएका साधारण बिद्धयार्थीले उक्त कुरा सुनेको देखेर, बिद्धयार्थी नेताका केहि भुस्तिघ्रे साथीहरुले अत्यन्त प्रेमपूर्वक निज बिद्धयार्थीको चस्मा फोरेका थिए र साथ साथ अघिमात्र उनले सुनेको कुरा उनको दिमागबाट मेटाउन सफल पनि भएका थिए।

 

झुन्डेर मृत्यू

उपत्यकामा डेरा गरि बस्ने वर्ष २१कि सुन्तली नाम गरेकि एक युवती आफ्नो डेरामा हिजो मृत अवश्थामा फेला परेकि थिइन्। करिव २ वर्ष अगाडि उपत्यकामा काम गरेर रसुवाको कुनै गाउँमा रहेका परीवारका अरु सद्स्यहरुलाई सहयोग गर्ने तथा भाई पढाउने इच्छा लिएर आएकी निज युवती एक क्याबिन रेस्टुरेन्टमा काम गर्दै थिइन्। ४ दिन अघी पुलिस द्वारा हनुमानढोकामा सोधपुछका लागि लगिएकी निज युवतीलाई हिजो बिहान मात्र छोडिएको थियो।

 

सैनिकको मृत्यू

भारतिय गोर्खा राईफल्समा काम गर्ने एक सैनिको आज भिरबाट लडेर मृत्यु हुन पुगेको छ। उनि ५ बर्ष पछि घर फर्किरहेका थिए।

 

भारतमा अर्को नयाँ मेट्रो रेलवे संचालन

छिमेकी राष्ट्र भारतको अर्को एक शहर भारतपूरमा पनि हिजो बाट मेट्रो रेल संचालमा आएको छ। यहि समयमा नेपालको भृकुटिमन्डपको ल्याम्ह: पुच: बाल उध्यानमा रहेको बाल रेलको लिगमा खिया लागेर रेल पल्टदाँ ३ बालकहरु सिकिस्त भएको समाचार प्राप्त हुन आएको छ।

 

शौचालय निर्माण

चौतारी देशको विकट हिमाली गाउँमा नर्वे द्वारा आर्थीक सहयोग पाएको एक एनजिओले २ वटा शौचालय निर्माण गरेको छ। नर्वेले नेपालको हिमाली गाउँहरुमा शौचालय निर्माणका लागि दिएको तीन लाख युरोको लागतमा उक्त शौचालय निर्माण गरिएको हो। संसारमा नै यति महँगो तथा सरल शौचालय बनाएर गजक्क परेका उक्त एन जि ओ का अध्यक्ष श्री मौकाराम चौकाले बत्तिसवटा दाँत देखाउँदै आफ्नै निवासको भव्य बैठकमा भेट्न आएका पत्रकारहरु संग उक्त कुरा बताउनुभयो।

 

वर्गिकृत बिज्ञापन

चाहियो- एक रेट्टुरेन्टको लागी ४ जना वेट्रेस चाहियो। उमेर १४-१८, साधारण लेखपढ गर्न जान्ने वा जान्दै नजान्ने भए पनि हुने। पोटिलो जिउ र चोटिलो मुस्कान भएकोले सम्पर्क राख्नुहोला। किस्नजी- ४२८२८४८४

विक्रीमा- चालु हालतको मोसा। हिरो होन्डा, मूल्य रु- २५००० मात्र, सम्पर्क- स्यान्डो ब्रो- ३४३४५३४३।

जग्गा विक्रिमा- तिनकुने सुबिधानगर नजिकै, मोटरबाटो भएको २ रोपनी जग्गा बिक्रिमा, काटेर पनि दिन सकिने। सम्पर्क- अनिलजी- ३०४३३४९३४, नोट- दलालले कस्ट नगर्नु होला।

आरोग्य अस्पताल- के तपाइँ गानो, गोला, वायू, शूल, ग्याँस्टिक, अमलपित्त, कमलपित्त, कृस्णपित्त, नपुंसकता, स्तन झुकेको, पुट्ठा सुकेको, ढाड खस्ने, पिलो आएको, चाया, डन्डिफोर, शिघ्रपतन, स्वप्नदोश, कफ, क्यान्सर तथा एड्स बाट पिडित हुनुहुन्छ? हुनुहुन्छ भने हामिलाई सम्झनुहोस, आरोग्य अस्पताल।

 

 

 

Last edited: 28-Mar-08 09:22 AM
Read Full Discussion Thread for this article