Posted by: cheli March 27, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        
हर्क दाइ को मुड चाहिं हिजो गज्जबको बाको रछ, राम्रा राम्रा कविता पोष्ट गर्नु भएछ ल ! स्कुलमा पढेका कविताहरु को कुरा गर्दा, मलाई त ८, ९, १० तिर पढ्दाका सबै कविता असाध्यै मनपर्थे, अहिले सम्म आउछन् पनि ( १ २ लाइन तल माथि पर्न सक्छ) । तर एउटा कबिता को एउटा अंशमात्र याद छ, यो कविता, ६ ७ तिर पढेको हो, कसले लेखेको पनि थाह छैन, शीर्षक नि थाह छैन , अंश भने यसप्रकार छ:

शिकारीको झम्टा तनबीच परेथ्यो जब अनि
चरी बोल्यो चिं चिं गरिकन कठै व्याकुल बनी
म मर्ने बेला भो, तर मनुज तिम्रो मनुजता
कता भाग्यो त्यस्को भरसक बुझे है तिमी पता
न सक्छौ यो आँसु टपटप टिपी चप्प पिउन
न सक्छौ मासुले दिनभर अघाएर जिउन
----------------------------------
म मर्ने हुँ मर्छु, तर तिमी नराम्रो सित चुक्यौ!



Read Full Discussion Thread for this article