Posted by: Nepalki_chori March 26, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        

हरे कस्ले चित्त दुखाउनु नि मेरो। कोइ छैनन् हो त्यस्तो। अब जिन्दगानी अलि अस्त-ब्यस्त भाको जस्तो भान् पर्छ कहिले काइं।
त्यो लहरेको चालामाला ठिक् देख्दिन म त। अब कसैले ठिक गर्नु परो त्यस्लाइ। सधै टोलाएर बस्छ, खाना नि माग्दैन, हांस्न नि हांस्दैन, केहि सोध्यो भने ट्वाल्ल हेरेर बस्छ। मैले त आजसम्मन त्यस्तो लक्षण भाको कुनै रोगबारे था' पाकी छैन। मदनवा नि टुपुल्केको देखेकी थिएं, अब अहिलेलाइ त्यै मदनवाको मा भए नि एक् तालि जचाउन नलगि नहुने भो।

रिट्ठे को के छ नि नयां हालखबार? घर तिरा'ट चिट्ठि कत्तिको आम्छ ? कि मान्छे नै आम्ने कुरो छ?
लु म अब लाग्नु परो भान्सा तिर, खाइवरी आम्ला गितान्जली सुन्न।

Read Full Discussion Thread for this article