Posted by: eager_a1 March 26, 2008
KO HO TYO PATRAKAR....Prachande chor
Login in to Rate this Post:     0       ?        
सुनसरी, चैत १२ - माओवादी अध्यक्ष प्रचण्डले पत्रकारले विदेशीको पैसा खाएर आफूहरूविरुद्ध समाचार लेखिरहेको आरोप लगाएका छन् ।

'के लेख्दैछन् यी पत्रकारले - के ठानेका छन् उनीहरूले -' समाचार संकलनका लागि उपस्थित दर्जनौं सञ्चारकर्मीको उपस्थितिमा उनले औंला ठड्याउ“दै भने- 'विदेशीको पैसा खाएर माओवादीविरुद्ध समाचार

लेख्ने - कसले दियो यी पत्रकारलाई यस्तो अधिकार -'

इटहरीमा मंगलबार माओवादीद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, 'केही ठूला पत्रिकाले के यो देश सधैं भ्रष्टको हातमै रहन्छ भन्ने सोचेका छन् - विदेशीको पैसा खाने अनि माओवादीविरुद्ध खनिने अधिकार कसले दियो -'

माओवादीका झन्डै १२ कार्यकर्ता मारिदा समाचार नलेख्ने, वाईसीएलका सामान्य हस्तक्षेप र कारबाहीलाई ठूलाठूला अक्षरले लेखेर के गर्न खोजेको हो - माओवादीलाई समाप्त पार्न खोजिएको हो -, उनले प्रश्न

गरे । अध्यक्ष प्रचण्डले संचारकर्मीलाई माओवादीको समस्या बुझिदिन आग्रह गरे । 'आफ्नो प्रभाव बढी छ भन्दैमा कसैलाई असर गर्ने समाचार लेख्न भएन' उनले भने ।

प्रचण्डले लगातार गाली गर्दै गएपछि संचारकर्मी माओवादीको कार्यक्रम बहिष्कार गरेर बाहिरिएका थिए ।

सुनसरी प्रेस युनियन, इटहरी प्रेस क्लव र प्रेस चौतारीले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी स्वतन्त्र एवम् निष्पक्ष पत्रकारिताको पक्षमा रहेको दाबी गर्ने माओवादीका अध्यक्षबाट व्यक्त र्सार्वजनिक धारणालाई अमर्यादित भन्दै निन्दा गरेका छन् ।

Read Full Discussion Thread for this article