Posted by: miss_ me March 26, 2008
यो कथाको अन्त्य छैन - २
Login in to Rate this Post:     0       ?        

शिरिशजी,

 लेख्न प्रोत्साहन दिए जस्तो लाग्यो है । तर  खै  चेली सिसको जस्तो मिठो शैली  र यथार्थ चित्रण गर्न त  आउदैन कि  मलाई :(  

 हजुरले भनि हाल्नु भयो  त्यसैले यो मेरो तर्फा'ट तर  वार्तालाप हैन , अब काम  र कुरो मा फरक हुन्छ नि त भन्न सजिलो  तर गर्न गाह्रो  :)

 ---

  'उसको परिपक्व हेराइले अब्यक्त प्रेम र अपार आत्मीयताको अनुभूति भयो मलाई। अब म यो पहाड र कन्दरासँग लुकामारी खेल्ने चुलबुले रेवती रिहनँ। म भित्र पहाडसँग प्रीति गाँस्ने अनि कन्दरासँग हातेमालो गर्ने उत्कण्ठा विकसित भइसकेको छ। गोधुलीको शीतल वताससँग ठोक्किएर निस्कने सुसेली सुन्दा रोमाञ्चित हुँदै मुटु धढ्किन थालेको वर्षौ भएको छ। उसको हेराइलाई म उही रेवती या नानूको दृष्टीले बुझ्न चाहन्नँ।

         म ऊसँग आफै टाढा भएकी हैन, गराइएकी थिएँ। तर, उमेरको उकालीसँगै म भित्र उब्जिएका चाहनाहरूलाई अझैसम्म उसैको नाममा समाहित गरेकी छु। म उसलाई हेरिरहन्छु। ऊ आज मेरो सामु उभिएको छ। मेरा रहरहरू पारिलो घामको किरणले हिउँ पिग्लए झै पग्लँदै छन, जसलाई म उसको हत्केलाभरि समर्पण गर्न चाहान्छु। लामो समयका ती दिन र रातका छटपटी अनि  सपनालाई साकार पार्न चाहन्छु। तर यो पिरवेश र क्षण विपरीत छ। मनलाई बाँधेर दिमाग चलाउन विवश छु। मैले उसका लागि गरेका प्रभातकालीन शुभ-कामना अनि प्रार्थना म देखाउन सक्तिनँ उसलाई। मसँग एउटा मनै त छ, जो मेरो अधिनमा छ। म बोल्छु मेरो मनसँग, कुरा गर्छु मनसँग र आफ्नो अटल प्रेम-कहानी उही मनलाई सुनाउँछु। ऊसँगको भेटमा मेरो भावनासँगै मन पनि रोएको छ। तर म एउटी नारीले आफनो एकतर्फि चाहनाको लागि अर्कि नारीको सुहागमा कात्रो बाँध्न म भित्रको मानवताले दिँदैन। नितान्त ब्यक्तिगत स्वार्थ को लागि  म कसरी यति क्षुद्र बनूँ? अहँ! म वास्तविक जीवनलाई काल्पनिक कथाको मोड दिन सिक्दनँ।'

Read Full Discussion Thread for this article