Posted by: भउते March 26, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        

गूड मर्निङ चौतारी !

सबैजनालाई नमस्ते गरेँ है।

भाभी-जी,  धेरैमा झुल्किनु भो नि। आपूलाई झगडा गर्न यहाँ मुख चिलाएर काउसो दले जस्तो भो, भाभी-जी भने कता हो कता गायप।

थुल्ननीीीीीीीीीीीीीीीीीीीीीी के छ तााााााााााााााााााााा,  नक्कली केटी! तिमीलाई त एक छिन देखिन भने एक जुग नदेखे जस्तो लाउनी। के साह्रो मोहनी लगाकी ल तिमीले त।

ओहो ! ज्वाईँसा'प ! आज त बिहान बिहानै चौतारीमा ? दर्शन गरेँ है। गाथमा आरामै होला के रे। हिजो सुन्तली हेल्थ पोष्ट गा'की थी रे। मदनवा सँग खाशखुश कुरा गरेकी रे। मदनवाले "त जो व सँचा सँचा छ त छिटो गरिहाल्नुस। अगर देर भो त बडा गडबड भैजान्छ।" भनेर भनेको मात्र सुनेको रे, जिम्माल बुढाले। कुरो के हो? नानाथरी ठाममा ह्वास ह्वास्तै नजानुस है। क्यै भो भने हजुर सोझो मुन्छेलाई पोल्लान।

Read Full Discussion Thread for this article