भाग-२
भाग-१ बाट अघि।।।।।।।।
"अनि ?"
डक्टर अझै शायद पत्याउने नपत्याउने को दोसाँधमा थियो म कल्पनामा रम्ने लेखकलाई त पहिलो चोटी कल्पनाकि रचना बिपनामा आएर मलाई हकार्दा त्यो सपना हो कि बिपना सोच्न बिवश भएको थिएँ त्यो भौतिकताको कुवामा डुबेको भ्यागुतालाई के थाहा कल्पना का ताराहरु कति टिलपिल गरेर चम्कन्छन् भनेर ।
"तिमी दुखि छ्यौ जस्तो छ ।मैले बुझे जस्तै गरेर उसलाई त्यो रात सोधेको थिएँ ।"
म एकछिन चुप भएँ मेरो घाँटी अवरुद्द भए जस्तो भयो ।
"पानी पिउनुहुन्छ?"डक्टरले सान्त्वना जतायो म माथी ।मैले अहँ भन्दै टाउको हल्लाएँ ।
"उसले म तिर एक टक हेरेर फेरि खिस्स हाँसी ,मानौँ उ मात्र मलाई गिज्याउनलाई त्यहाँ आएकी थिई ,मेरो कलमको आत्मा झुटो हो भन्न आएकी थिई ,मैले पोतेका रङ्गहरु अँध्यारा छन् भन्न आएकी थिई ।"
"उसले केहि बोलिन त ?" डक्टर ले फेरि मलाई सोध्यो ।म भने आफ्ना आँशुहरु लुकाउन भित्तातिर फर्किएँ । किन देखाउँ म उसलाई आँशु ?उ भन्दा त बरु भित्ताले बुझ्ला मेरो आँशुको मोल उ त फगत उसले जानेका कुरा हरु म माथी प्रयोग गर्दैछ ,म मात्र प्रयोगशालाको एउटा स्पेसिमेन हुँ उस्को लागि ।मुसा ,भ्यागुतो वा फर्मालिनमा राखिएको अरु कुनै जिव जस्तै ।
"बोली किन बोल्दिनथी ? म सँग बोल्नलाई नै त होला रचना कल्पना बाट बिपनामा आएकी !"
"के भनी त ?"
"तिमीले आफुले आफुलाई कति चिनेका छौ?भनेर सोधी ।"
उसका हरेक प्रश्न प्रश्न फेरि घुम्न थाले जस्तो भयो मलाई त्यो क्लिनिक भरि ,चिनेको छु मैले आँफैलाई नचिन्ने प्रश्न आउँछ भनेर मेरो बोलिमा द्रिढता नभएपनि मैले जोरले भनेर द्रिढता ल्याउने प्रयास गरेको थिएँ त्यो रात!
"गलत सरासर गलत !तिमीले न आफुलाई चिन्यौ न मलाई चिन्यौ मात्र नाटक गर्यौ ,के सोच्छौ तिमी ?तिमीले बनाएकी पुतलि हुँ म ?अनि तिम्रो कलम मलाई नचाउने धागो ? उ आवेशमाँ आई ।"
डक्टरको नजरमाँ पनि चिन्ता का रेखा हरु कोरिए ,मानौँ रचना जस्तै हालको म जस्तै उ पनि पराजित छ हरेक बिजयी एक चोटी पराजित हुनै पर्छ मैले डक्टर माथी बिजयको ध्वज गाडेँ होला ,रचनाले म माथी ,र उसमाथी अरु कसैले ।संसार बिजय पराजयको ब्रित्त हो ,किनकी प्रिथ्वी गोलो छ ।
"मैले तिमी माथी के अन्याय गरेँ मैले यहि सोधेको थिएँ ।"यस्पाली भने मैले डक्टर को आँखा तिर हेरेँ ,उ मेरो पिडामा डुब्दै थियो ।
"तिमी को हौ म माथी न्याय अन्याय गर्ने ।तिमीले वास्तविक म लाई लुकाएर एउटा काल्पनिक म बनाइदिएका छौ ।तिमी त मात्र अफवा को ब्यापारि हौ ,मेरा झुट हरु बन्दगि राखेर खान पल्केका दलाल हौ। उ मलाई आरोप लाउँदै गई ।"
"किन के लेख्नु भएको थियो र रचना को बारेमा ?"
डक्टर थोरै भित्र छिर्न खोज्यो ।
"रचना मेरी नायिका थिई ,जो कहिल्यै नायककी भइन उस्को महत्वाकांछ्याले ,त्यो रात पनि त मैले उसमा मात्र अभिमान देखेँ ।"
"हो ,उ अभिमानी नै हो ।"डक्टरले सहमति जनायो ।
"के म ओछ्यान माँ लोग्ने को तन्ना नहुनु मेरो सतित्वको अपहेलना हुन्छ ,तिमी सबै लोग्नेमान्छे जस्तै सङ्किर्ण छौ ,उसका आरोपहरु बड्दै गए ,डङ्गुर भए ,म उसका आरोपहरुमा पुरिएँ झै लाग्यो म निसासिए झै भयो ।चुप लाग ,मैले तिमीलाई बेचेको छुइन भगवान को लागि चुप लाग ,मैले गिडगिडाएँ ।"
डक्टरको एकाग्रता हेर्न लायक थियो ,म चुप लागेर एकै छिन उसको एकाग्रता भङ्ग गर्ने प्रयास गरेँ ।आफ्नो पसिना पुछेँ रुमाल निकालेर ।
"भन्नुहोस न ! अनि के भयो ?"
"तिमी काँतर हौ ,सत्यको सामना गर्न नसक्ने काँतर ।उसको अर्को आरोप थियो मलाई ।"
"म काँतर होइन भनेर मैले उसको अगाडि प्रमाणित गर्ने कुनै प्रमाण फेला पार्न सकिन ।"
म थोरै सेलाएँ ,अनि फेरि शुरु भएँ ।
"बिस्तारै मलाई उ भित्रको कुरुपताको ग्यान भयो ,उ साचै अभिमानी हो ,नत्र विश्व मा उस्को पहिचान के त म नभए ,दुस्साहसि हो नत्र कसरि साहस गरि किताब बाट ब्युतिएर यत्रो हुँकार गर्ने ,मैले उसलाई रोक्नै पर्छ नत्र मेरो पराजयको खबर भोलि टोल टोलमाँ फैलिनेछ ।
"के गर्नु भयो त ?"
"मैले रचनाको हत्या गरेँ ,खाट छेउमाँ फलामको डण्डि थियो मैले जोरले उसको टाउको मा हाने ,अनि मात्र उ चुप भई !"
डक्टर अचानक कुर्सिबाट जुरुक्क उठ्यो ।शायद यो उस्ले सोचेको अन्त्य थिएन !