Posted by: भउते March 24, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        

चित्त नदुखाउनुस ज्वाइँसा'प। नेप्चीभाभीले नचिनेर होला नि। अब जतिखेर नि आउनी ससुराली ससुराली भन्नी। देख्दा खेरिलाई हाम्री बुइनी भनेकी त्यै एउटी थुल्ननी, त्यै नि तादी नै दानेका पोल्टाँ सुम्पिसकेको। अब हउर कसरी ज्वाइँ भा'को भन्नि कुरो नबुझेर होला नि बरा!

अब मैले कहाँनी त भनेकै छैन नि, मेरी अर्की बुइनी नि छिन भनेर। थाह पाउनु नि कसरी, कहिले कसैलाई भनेको भा' पो।  पोहोर साल मेरा मकैबारीमा एकहुल बाँदर छिरेको त कसैलाई भनेको छैन नि। अन्त्याँसि ती बाँदर लखेट्दा एउटो बच्चा बाँदर छुटेकोले मैले घरमा ल्याएर पालेको नि कसैलाई थाह भा भे' मार्दिनुस। त्यसमाथि त्यसलाई आफ्नै बइनी सरह पालेको भनेर त झन भन्नै भे'न नि, मलाई गिल्ला गरिहाल्छन नि। हउरले नि कसैलाई नभन्नुस है !

Read Full Discussion Thread for this article