Posted by: Rahuldai March 24, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        

हाहाहा कुमल्वा,

बडा ज्ञान गुणका कुरा रहेछ। बुझ्या भए मरिजाम ( ठुलीको भाषामा)।

संसरमा होस् या भंसारमा हरेक कुराको दुइपाटो हुन्छ, बुझिने र नबुझिने। बुझिने कुरा भए बुझी हालिन्छ, बात खत्तम। नबुझिने कुरा भए दुई कारण हुन सक्छन। एक बुझ्दै नबुझिने, दुई बुझ्न नसकिने। बुझ्दै नबुझिने भए त ईन्द्रको बाउ चन्द्रले पनि बुझ्दैन, बात खत्तम। बुझ्न नसकिने भए त्यसका नि दुई कारण हुन सक्छन। अक्षर नै न बुझिने वा भाषा नै नबुझिने। अक्षर नै न बुझ्इने भए त कसैले नि बुझ्न सक्दैन, बात खत्तम। भाषा नबुझिने भए यस्का पनि २ कारणहरु हुन सक्छन। एक जान्दै नजानेको भाषा, वा जानेर बिर्सेंको भाषा। जान्दै न जानेको भए, जान्न खोजेर साध्य हुँदैन बात खत्तम। बिर्सेंको भए बिर्सनु  को पनि २ कारण हुन सक्छन। एक स्मरण शक्ती नै नहुनु दुई दिमाग खुस्किनु।
समरण शक्ती गुमाएको भए केही छैन, भुलक्कड भन्छन बात खत्तम, पागल भए भने २ लक्षण देखा पर्ने हुन्छ। एक चौतारी चौतारी भनी कराउने अर्को चौतारी मै निदाउने।
 

Read Full Discussion Thread for this article