Posted by: bikash kc March 23, 2008
How many you all from Chitwan Living in USA
Login in to Rate this Post:     0       ?        
चुनौती खेप्दै बादल

सत्ता साझेदार जनमोर्चाका अध्यक्ष अमिक शेरचन पनि सङ्र्घष्ारत

सरोजराज अधिकारी र नारायण शर्मा/भरतपुर

अबिर घसिएको अनुहारमा नेकपा माओवादीका नेता रामबहादुर थापा 'बादल'लाई ठम्याउनै गाह्रो पररिहेको थियो । विजयी सभाको झल्को दिने यो दृश्य रत्ननगर नगरपालिका-२, टा“डीबजारमा आयोजित बादलको चुनावी सभाको हो । फागुन ३ गते सा“झ ५ बजे, संविधानसभा निर्वाचनको प्रत्यक्ष प्रणाली अर्न्तर्गत चितवन-२ बाट उम्मेदवार बनेका बादल गर्जंदा भेला भएका करबि तीन सय जनसमुदायका आ“खा एकटकले उनीतिरै सोझिए  ।

"म तपाईंलाई एक कट्ठा जमिनको मालिक बनाइदिउ“ला भनेर झूटो आश्वासन बा“ड्न आएको होइन," मानव विकास सूचकाङ्कमा पा“चा“ै स्थानमा रहेको चितवनका जनताको चेतनास्तर राम्ररी बुझेका बादलले सुरुमै स्पष्ट गरे, "म त सम्पर्ूण्ा नेपाली जनतालाई संविधानसभामार्फ सिङ्गो नेपालको मालिक बनाउने अभियानमा सहभागी हुन अपिल गर्न आएको हु“ ।" अन्य माओवादी नेताझै“ विपक्षी पार्टर्ीीई भक्कुमार गाली गरेनन् उनले । बादलको आग्रह थियो, "राजा-महाराजा, काङ्ग्रेस, एमाले सबैको नियत राम्रै गरौ“ भन्ने थियो होला तर असफल भए । त्यसैले एकपटक हामीलाई मौका दिनूस् ।"

तुलनात्मक रूपमा निकै सन्तुलित भाषण गरेका बादलले अहिलेको नेपाल सीमित सामन्ती र विदेशी दलालहरूको मात्र भएकाले संविधानसभामार्फ नेपालीको नेपाल बनाउन सबै जुट्नुपर्नेमा जोड दिए । माओवादीका एक ठूला नेता संविधानसभामा प्रत्यक्ष उम्मेदवार बनेका कारण यतिखेर चितवनको चुनावी तापमान बढेको छ । बादलको मन्तव्यलगत्तै 'जनलहर उर्लेको किन, माओवादी पार्टर्ीीई भोट दिन' भन्ने गीत गाएर माओवादीको जनसांस्कृतिक मञ्चका कलाकारले जनसमुदायलाई एक 'राउन्ड' नचाएपछि सभा समाप्त भयो । तर, राजनीतिक दौड बा“की छ  ।

लामो सशस्त्र सङ्र्घष्ा गरेको पार्टर्ीी बादलजस्ता स्थापित नेताले जितिदिए हुन्थ्यो भन्ने चाहना विपक्षी पार्टर्ीी केही कार्यकर्तामा पनि भेटिन्छ तर चुनाव गणितीय खेल हो । बादलको विडम्बना उनीस“ग भिडिरहेका अन्य दर्ुइ पार्टर्ीी उम्मेदवारको सङ्गठन बलियो छ । यस क्षेत्रमा बादलस“गै प्रतिस्पर्धा गर्दैछन्, नेकपा एमालेका काशीनाथ अधिकारी र नेपाली काङ्ग्रेसका एकनाथ रानाभाट  । दुवै उम्मेदवार चितवन-२ कै रैथाने हुन् र स्थापित छन् । पर्ूवसांसद काशीनाथ एमाले केन्द्रीय सदस्य हुन् । एकनाथ त 'डिफेन्डिङ् च्याम्पियन' नै भइहाले । तर, बादलको चा“दीको घेरा मेटिइसकेको छैन, विजयमार्गको यात्रा अर्थात् चैत २८ अझै १८ दिन पर छ ।

कुल मतदातामध्ये आदिवासी, जनजाति, थारू, दलितलगायतका उत्पीडित समुदायको बाहुल्य छ, यहा“ । माओवादीको आशा मुख्य रूपमा तिनैमाथि अडेको देखिन्छ । "यो समुदायको भूमिका निर्ण्ाायक हुनेछ," पा“च घन्टाको पदयात्रा र चुनावी सभा सकेपछि नेपालस“गको कुराकानीमा बादलले भने, "सारा शक्ति एकातिर लागे पनि हामी चुनाव जित्छौ“ ।" प्रतिस्पर्धी दलका उम्मेदवार भने माओवादीले पार्नसक्ने जातीय प्रभाव मतदानमा नगन्य रहने दाबी गर्छन् । "हाम्रो पनि सबै जातजातिमा राम्रो सङ्गठन छ," एकनाथ भन्छन् । फेर िपनि आफ्नो मुख्य प्रतिस्पर्धी एमालेलाई नै ठान्ने एकनाथ थप्छन्, "माओवादी त निकै पछाडि छ ।"

निर्वाचन क्षेत्र वृद्धिस“गै भूगोलमा केही हेरफेर जरुर भएको छ तर पासा पल्टिरहने क्षेत्र हो चितवन-२ । ०४८ सालको आमनिर्वाचनमा एमालेसहित तीन पार्टर्ीीे साझा वाम उम्मेदवार भीमबहादुर श्रेष्ठले काङ्ग्रेसका गङ्गाधर लम्साललाई हराएका थिए यहा“ । ०५१ सालम्ाा काङ्ग्रेसका टेकप्रसाद गुरुङस“गको प्रतिस्पर्धामा एमालेका काशीनाथले बाजी मारे, पा“च हजारभन्दा बढी मत अन्तरले विजयी भए उनी । ०५४ सालको स्थानीय निर्वाचनमा त यस क्षेत्रभित्र पर्ने रत्ननगर नगरपालिकालगायत छवटै गाविसमा एमालेले एकलौटी कब्जा जमायो । ०५६ को संसदीय चुनावमा भने नतिजा फरक देखियो । काङ्ग्रेसका एकनाथले एमाले उम्मेदवारलाई २ हजार २ सय मतले हराइदिए । त्यसबेला मालेका उम्मेदवारले करबि ३ हजार ८ सय मत ल्याएका थिए ।

अहिले माओवादीले विगतमा मालेकै हाराहारीमा एमालेको मत काट्ने अनुमान गरेका काङ्ग्रेसजन बढी उत्साहित छन्  । त्यसमाथि विगतको निर्वाचनमा एमालेले ७० प्रतिशतको लगभग मत पाएको भरतपुर नगरपालिकाको ११ र १२ नम्बर वडा तथा कविलास, दाहखानी, चण्डीभञ्ज्याङलगायतका गाविस २ नम्बर क्षेत्रमा सरेकाले आफूलाई सहज भएको काङ्ग्रेस उम्मेदवार एकनाथको तर्क छ । तर, वर्गीय हिसाबले आफ्नो मत अलिक बढी काटे पनि काङ्ग्रेसबाट माओवादीमा जानेको सङ्  ख्यासमेत उल्लेख्य रहेको एमालेका काशीनाथको दाबी छ । भन्छन्, "असन्तुष्ट र समस्यामा परेका काङ्ग्रेसको भोट माओवादीलाई जान्छ ।" काशीनाथ अर्को वामशक्ति माओवादीको सहभागिताले ०५६ को निर्वाचनमा पार्टर्ीीवभाजनले झै“ असर नपार्ने बताउ“छन्  । माओवादीका सवालमा भने काङ्ग्रेस र एमालेका यी दर्ुइ 'नाथ'को भविष्यवाणी एकै छ । उदार भएर भन्दा माओवादीले यस क्षेत्रबाट कति मत ल्याउला - दुवै अनुमान गर्छन्, "पा“च हजारको हाराहारी  ।"

जिल्लाभरमिै चितवन-२ आफ्नो राम्रो पकड भएको क्षेत्र बताइरहेको छ, माओवादीले । तर, विपक्षी पार्टर्ीीनुमानमा समेत माओवादीले सन्तोषजनक पर््रदर्शन गर्छ भन्न हिच्किचाउ“छन्  । त्यसो भए रणनीतिक राजनीतिकै कारण १२ वर्षै नेपाली राजनीतिमा आफ्नो सशक्त उपस्िथति देखाएको माओवादी, त्यसका पनि उपल्लो तहका नेताले यो क्षेत्र नै किन रोजे - विपक्षी पार्टर्ीीको इसारा माओवादी छापामारको अस्थायी शिविरतिर छ । यसै क्षेत्रको जुटपानी र शक्तिखोर इलाकामा संयुक्त राष्ट्रसङ्घको रेखदेखमा एक मुख्य र तीन सहायक गरी चार शिविर छन्, जहा“ छ हजारभन्दा बढी माओवादी छापामारलाई राखिएको छ ।

दोस्रो प्रमाणीकरणमा ३ हजार ६ सय ४० छापामारलाई मात्र योग्य सावित गरी अरूलाई सुविधासहित फिर्ता पठाउने निर्ण्र्ााभइसकेको छ । "जिल्ला प्रशासन कार्यालयबाट सोबमोजिमको सुविधा लिइसक्दा पनि छापामारलाई रोकिरहेका कारण माओवादीको नियतमाथि शङ्का उत्पन्न भएको छ," एकनाथ भन्छन् । यसरी 'क्यान्टोनमेन्ट'मा रहेका छापामारले प्रत्यक्षतर्फा उम्मेदवार बादललाई मत दिन पाउ“दैनन्, उनीहरू आफूलाई मन परेको पार्टर्ीीई मात्र मत दिनसक्छन् । यो तथ्य बुझेका अन्य दल किन सशङ्कित भएका होलान् त -

"माओवादीले ती छापामारमार्फ जनतामाथि मनोवैज्ञानिक दबाब दिन सक्छन्," एमालेका काशीनाथ भन्छन्  । काङ्ग्रेस र एमाले दुवैलाई लाग्छ, आफ्ना शुभचिन्तकको मत सुरक्षित गर्न सकिएमा चुनाव जितिन्छ । 'त्यो मत सुरक्षित गर्न सकिन्न कि,' दुवैको चिन्ता यही हो । "मैले सबै चुनावी अभियानमा जनतालाई विवेक र साहसको पर््रदर्शन गर्न आग्रह गरेको छु," काशीनाथको विश्वास छ, "अन्ततः राजनीत्रि्रति सचेत यहा“का जनताले सही निर्ण्र्ाागर्नेछन् ।" चार क्षेत्र रहेको ०५६ सालको चुनावमा जनताको निर्ण्र्ााशतप्रतिशत काङ्ग्रेसका पक्षमा थियो । त्यतिबेला विभाजनको सिकार हुनुपरेको एमालेको भनाइ छ, तीन क्षेत्रको तथ्याङ्कले पनि उनको भनाइलाई पुष्टि गर्छ ।

सत्ता साझेदार सात दलमध्ये एक जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचन पनि चितवनबाटै भिड्दैछन् । चुनावी प्रतिस्पर्धाका लागि उनले रोजेको क्षेत्र हो, चितवन-५ । तीन क्षेत्र हु“दा ०४८ सालमा चितवन-३ बाट निर्वाचित अमिकका लागि यसपटकको भिडन्त भारी पर्ने सङ्केत देखिन्छ, ०५१ सालको मध्यावधिमा सोही क्षेत्रबाट चुनावी मैदानमा उत्रि“दा उनले मात्र १ सय ८९ मत ल्याएका थिए  । यसपटक चितवन-५ मा काङ्ग्रेसबाट बहालवाला सांसद नारायण शर्मा पौड्याल, एमालेबाट विजय सुवेदी र माओवादीबाट अम्बिका मुडभरी प्रतिस्पर्धामा छन् ।

यस क्षेत्रका राजनीतिकर्मीका अनुसार भिडन्त भने काङ्ग्रेस, एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीच हुनेछ  । किनभने, विगतको चुनावमा निकटतम प्रतिद्वन्द्वी रहेका राप्रपाका विक्रम पाण्डे चुनावी खेलका सिपालु खेलाडी मानिन्छन् । माओवादीस“ग समीकरण भएमा मात्र अमिक प्रतिस्पर्धी हुनसक्ने अन्यथा चौथो स्थानमा आउन पनि गाह्रो पर्ने विपक्षी पार्टर्ीीको दाबी छ । चितवनका राजनीतिकर्मीका अनुसार चितवनका १, ३ र ४ मा भने मुख्य प्रतिस्पर्धा काङ्ग्रेस र एमालेबीच नै हुनेछ । चितवन-१ मा काङ्ग्रेसबाट बहालवाला सांसद सावित्री बोगटी, एमालेबाट लालमणि चौधरी र माओवादीबाट शोभा कट्टेल भिडिरहेका छन् । सावित्री 'डिफेन्डिङ् च्याम्पियन' भए पनि यस क्षेत्रमा थारू समुदायको बाहुल्य रहेकाले त्यसको फाइदा एमालेका लालमणिले उठाउन सक्छन् ।

चितवन-३ मा काङ्ग्रेसबाट मैया“देवी श्रेष्ठ, एमालेबाट देवी ज्ञवाली र माओवादीबाट नारायणप्रसाद दाहाल लडिरहेका छन । अहिलेसम्म मैया“देवी र देवीबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । तर, नारायणप्रसादले कसको, कति मत काट्छन्, त्यसले दर्ुइमध्ये एकलाई प्रभावित पार्ने निश्चित छ । चितवन-४ मा काङ्ग्रेसबाट टेकप्रसाद गुरुङ, एमालेबाट दिलकुमारी रावत र माओवादीबाट चित्रबहादुर श्रेष्ठ प्रतिस्पर्धामा छन् । अनौपचारकि कुराकानीमा एमालेका स्थानीय नेताहरू टेकप्रसादलाई हावी देख्छन् । चुनावी तापमान उत्कर्षा पुग्दा दृश्य फरक होला तर अहिले माओवादी नेता बादलकै लागि चुनावी दौड चुनौतीपर्ूण्ा देखिएको छ । घुमाउरो पाराले नै सही बादल पनि यो तथ्य स्वीकार्छन् र उनकै भनाइमा यस जिल्लामा वाम तालमेलको सम्भावना लगभग समाप्त भएको छ ।

राजधानीमा अन्य कम्युनिस्टहरूले एमालेको अहम्का कारण वाम तालमेल हुन नसकेको चर्चा चलाइरहेका बेला यहा“ भने माओवादीले नमानेको एमाले नेता काशीनाथको दाबी छ । "हामीले तीन देऊ, दर्ुइ दिन्छौ“ भनेका थिया“ै तर उनीहरूले मानेनन्," उम्मेदवारी दिइसकेपछि पनि पटकपटक प्रयास गरेको जनाउ“दै काशीनाथ भन्छन् । एमाले मात्र होइन, काङ्ग्रेसले समेत बादलकै स्िथति धरमर रहेको बताइरहेका बेला दर्ुइ सिट पाउ“दा पनि माओवादीले तालमेल गर्न किन नमानेको होला - यदि यसमा केही रहस्य छ भने त्यो रहस्य बुझ्न चुनावको परण्िााम आउने दिनसम्म पर्खनर्ैपर्छ ।

source : nepal  http://kantipuronline.com/Nepal/aabaran.php

Read Full Discussion Thread for this article