छोटे उस्ताद ,प्रक्रिती र हिन्दूस्तानी गोही
प्रकृतिक स्वोच्छ सुबास बोकेको एउटा पहाडी आबाज गुन्जियो विश्वभरी छरिएका हिन्दी गीत पारखीलाई मोहनी लगाउन प्रक्रिती बनेर । चिया बगानको मनमोहक सुगन्ध मिसिएको ताजा र मिठो स्वरले धेरैलाई मोहित पारे पनि आज छोटे उस्तादको प्रतिसप्रधा बाट बहिरिएको छ । हुन त जयपुरकी राजाकुमारिले भने झै यो एउटा खेल हो र खेलमा हरजीत हुन्छ ,तर खेलको कायदा कानूनलाई मिचे पछी त्यो झेल हुन्छ अझ रेफ्री नै पक्षपाती भए पछी ओझेल पर्छ जस्तै खेलाडी भए पनि । मनोबैज्ञानीक दबाबमा थिचिए पछी एक अबोध मन कसरी आफ्नो प्रतिभालाई निरधक्क भएर जमाउन सकुन ,जबकी उन्का प्रतिस्प्रधीलाई निर्णयकले पहिले नै सरताज सर्बोत्तम लेखिएको कागत टाउकोमा लगाएर तथास्तु भन्न आतुर भएको स्पस्ट देखिन्छ । नत्र बिना सुने कसरी फलानोले सरताज सर्बोत्तम पाउछ भन्ने पहिले नै तय गर्न के कुनाल दुर्दर्शी हो त ? तेही गीत लाई प्रितमले एउटा सुन्ने,श्रेयाले र कुनालले अर्को सुन्ने कसरी हुन्छ । आदेश जस्तो बिसिस्ठ संगीत बिग्यबाट सरताज सर्बोत्तम पाएकी प्रकिती अरुको सुनाइमा केही न केही खोट को भागी हुनु उन्को स्वर हो या नेपाली मुलकी हुनुको करण,यस्मा निस्पक्ष जनताको चासो बढेको हुनु पर्छ।"हमने cleary बताया हे हम किसको चाहते हे,'भनेर पहिले देखी प्रकृतिलाई हटाउन आतुर भएका कुनाल ' उन दोनोके आगे बहुत weak लगा,छोटे उस्ताद I don,t think so " भनेर खुला रुपमा पछी लागेपछी बिचरी प्रक्रिती को के लाग्छ । शायद जो कोहिलाई यो बिझेको हुनु पर्छ । हमेशा दर्शक र जनताको ढुकढुकी बनेकी प्रकृति माथिको यो अन्ध दबाबलाई श्रेयाले दिल मजबुत भएकी,अबोध तथा मेरी राजाकुमारी भनेर चोखिन खोजे पनि अबोध चेहेरामा टल्कियको आसुले पक्कै उन्लाई आत्माग्याली बनाएको हुनु पर्छ। कुनाल जस्ता संगीत नै धर्म ,कर्म मान्यता राख्छु भन्नेले कसरी धर्मको पालन गरे ,जनअदालतले यस्को फैसला गरिदिएको छ जयपुरको ताज प्रकृतिको शिरमा रखिदिएर।
गोहिले खाने बेलामा आशु खसाल्छ ,आशु खुशीको हुन्छ तेस्तै प्रतियोगिताबाट बहिरिए पछी श्रेयाको रानी भइन,कुनालले सिट्टी मारे। गोरखाली युद्दको मैदानबाट भागदैन भन्ने शायद उनिहरुलाई महसुस भएको हुनु पर्छ र यो हारमा पनि प्रकृतिको जित भएको छ भन्ने कुरालाई सबैले बुझेको हुनु पर्छ ।अन्तिम दिनको प्रहारको सामना निर्णयक मन्डलीले गर्न सके सकेनन ,तर गोर्खाली प्रहार पक्कै चोटइलो थियो शायद सबैले महसुस गरेको हुनु पर्छ ।
मोहे सुदबुद ना रही तनमनकी ए तो जाने दुनियाँ सारी
बेबेस लाचार फिरु हारी मे दिल हारी
बिदाइ हुनलाई प्रकृतिले गाएको यो गीतले भने झै दुनियाँलाई थाहा छ ,यो उनको सुरुवात हो ,सङीतको यात्रामा उनी चम्किलो तारा भएर उदाउने छिन। सबैको शुभकामना