Posted by: Rahuldai March 21, 2008
सबिता र कबिता
Login in to Rate this Post:     0       ?        

बिता बिता
भाग ४

लम्बू संग पंचबर्षिय प्रेमोत्सब चटक्क छोडेर शम्भू संग सुटुक्क पोइला जानु आठौं नवौं आश्चर्य भन्दा कम्ता थिएन। कसैले न सोचेको कुरा थियो। लम्बू र सबिता बिच कुनै उच नीच भएको कतै सुनिएको थिएन। पोइला हिड्नु भन्दा एक दिन अगाडी सम्म लम्बू र सबिता को भेट्घाट् थियो रे। एकै रात कस्तो घात् यो? रात रहे अग्राठ पलाऔछ भन्छन्, सत्य हो जस्तो लाग्यो।   लम्बू को मुटु कति छोयला छोयला  भयो होला, अझ कचिला कचिला ( किमा मासु) भयो होला। हावा नचली पात हल्लियो, एकै रातमा खात बद्लियो। 

म आश्चर्यचकित भै कारण खोज्न थालें आफै भित्र। हुन त म संग कुनै प्रत्यक्ष सम्बन्ध थिएन, पोइला जानु वा न जानु। को संग  जानु?  तै पनि यसरी अप्रत्याशित अचानक को घट्नाले सोच्न बाध्य गर्दो रैछ।
" शम्भू को त ड्याडी? "


"गूड् कोइशन्, मेरो मूड नै अन भयो।"


शम्भू, सबिताको छिमेकी। घर को साँध जोडिएको। दुबै को घर् तिम्रो कान्छो मामा बाजेको चोक बाहिर। अर्थात हामीले सानै देखि चिनिआएको। संभवत म भन्दा १-२ बर्ष जेठो होला। न धन थियो न तन। मन थाहा छैन। तर थाहा यति छ कि मन छैन। पढाइमा ५ फेल। चोकमा ह्वाग्रा, पाङ्रा हुदै तास्, नाग पास खेल्दै बस्थ्यो। गल्ली भिडियो  मौसममा मान्छे डाक्ने काम् गर्थ्यो। साच्चै भन्ने हो भने सबिताको च्वाइसको मान्छे हुन सक्दैन। फेरि लामो लभ सभ चलेको कुरा नि सुनिएन। लम्बू संगको प्रेम कहानी त जग जाहेर नै थियो। पंचे बाजा घन्काउने साइत समेत नजिक थियो।
कुनै बिश्वसनिय उत्तर् भेटिन, कुनै मनासिब कारण देखिन।


अबश्य केही न भैकन यस्तो ठुलो निर्णय कसैले पनि गर्दैन। सबिताको क्षमता को अनुमान छ म मा।  केही न केही भएकै हुनु पर्छ भनेर बसें। सोध्ने को संग। जो भेटे पनि लम्बू बिचरा प्रति सहानुभूति देखाउने, सबिता ले गर्नै नहुने काम गरी, आदि इत्यादि।

 
दशैं र तिहार् बीचमा अचानक लम्बू मेरो घरमा आए। लैला मज्नु फिलिमको ऋषि कपूर स्टाइलमा। त्यति सम्म त थिएन तर पनि  बियोगान्त प्रेमको नायक जस्तो अबश्य देखिन्थ्यो।  पीडाहरु अनुहार भरि छरिएको स्पष्ट देख्थें म।
मैले सोध्नु अघि नै उसले आफ्नो ब्यथा पोख्न थाले। उसको भनाइ अनुसार त्यो रात भन्दा अघिल्लो दिन सम्म सांझ संगै घुमेका रे दुबै। उनको  अनुहारमा ब्यबहारमा कुनै परिवर्तन नै थिएन रे। एक्कासि खबर सुनेर आत्महत्या गरुं जस्तो लागेको थियो रे । फेरि आफ्नै मनलाई जसो तसो सम्झाएर अझै हार न मानेको रे।
सबिता को घर गएर आमा सित कुरा पनि गरे रे। अझै फर्किन्छे भने आजै बिहे गर्न तयार छु भनेर भनें रे।


वाह ! लम्बू, महान बिचार मैले मन मनै भनें। त्यो आबेग मा भनेको हो कि आबेशमा उनै जानुन्। आत्मको उद्बोधन हो भने पक्कै पनि महान मान्छे ले मात्र यस्तो गर्न सक्छ।
सबिता कहाँछे कसैलाई थाहा थिएन। शम्भूले भगाए तर शम्भू अर्थात भोला त्यति भोले थिएन भगाएर आफ्नै घरमा राखोस्।


धेरै खोज्दा भेटिएन, कुनै अत्तो पत्तो भएन। पुलिस् केश पनि गरे क्या रे। त्यसपछि लम्बूले आश मारे सबिताको। आफ्नो प्रेमको अत्यष्टि गरे।


"अनि त्यसपछि? "


अनि के, लम्बू पनि के कम ? सबिताले अर्को पोइ खोज्नु हुने आफुले नहुने भन्दै अर्कै रमिला लाई त्यहि स्टाइलमा भगाइ दिए।


२-३ महिना पछि लम्बू र रमिला , शम्भू र सबिता को जोडीले बजारमा गुल्जार भए नै। मानौं कुनै घट्ना दुर्घट्ना घटेकै छैन। मानौ प्रेम को अप्रत्याशित हत्या आत्महत्या भएकै छैन। 
 मलाई लाग्छ, तिनीहरु बिच कुनै प्रेम थिएन, मुटु मुटुको स्पन्दन एकै खाल् को थिएन। मात्र शरीरिक प्रेम थियो। त्रिप्ति-अत्रिप्ति नै मुख्य कारण हुनु पर्दछ।  मैले अनुमान गरें यी दुबैको दाम्पत्य जीवनको आयु लामो दिगो हुन सक्दैन। झुठ, घात प्रतिघातको जगमा ठडिएको ताजमहल चिरस्थायी हुन सक्दैन। प्रेम  बिश्वासमा को जगमा उभिएको हुनु पर्छ। आपसी बुझाइ र रुझाईमा सिंचिएको हुनु पर्छ। नत्र प्रेम  मात्र वासनाको नाङ्गो प्रतिरुप हुने हुन्छ।

 


समय बित्दै गयो। लम्बू पनि शम्भू पनि छोरीहरु को बाउ बने। मेरो सेकेण्ड इयर पनि सकियो।
गर्मीको बिदा मा घर आउदा फेरि अर्को अचम्म महा अचम्मको कुरा सुनें।


सबिता त फेरि पोइला गई रे।


क्रमश:

Read Full Discussion Thread for this article