Posted by: SurNaTal March 19, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        

ठुल्दाइलाई तक्मा नदिने को हुन, मलाई ठेगाना दिनुस् दाई, तिनिहरुको पत्ता साफ गर्ने काम मेरो।

यो नाराने ज्वाँई त साह्रै बिग्रेछ गाठे। अब एस्तालाई के बहिनी दिनु, बरु लाठो लगाएर गाउ निकाला गर्नु पर्ला जस्तो छ।

मिस, स्कुल सकियो?

हर्क सोल्टी, के छ आजकाल। अस्ती कहिले खै के जाती के छ भनेर सोधेका रहेछन, सोल्टिले, आफु आजकाल बहिर बहिर भौतारिरहेको हुनाले चौतारीमा छिर्न गाह्रो भएको हो।

हैन ठुलि कता जान थाली भनेको? कता छ दन्त सिबिर। मलाई नि यो केजाती बुध्धी बगारो फाल्नु थो, बेला बेलामा पिर्नु पिर्छ।

 

ल त्यो संकर लामिछनेको २ हरफ।

------------------------------

छोरीकि गुरुआमा - "तिम्रो बाबा के गर्नु हुन्छ?"
मेरी छोरी - "देउता को काम"

मेरी छोरी ले कती सरल उत्तर दिएन, उन्को सरल बुझाई। हो म देउताको काम गर्छु। तर उमेर संगै यि देबताका पारीभासा हरु कसरी बादलिएका। मेरो लागि अहिले देउता क्रय मुल्य र बिक्रय मुल्यमा नाप जोख हुन्छ। २ सयमा किनेर ४ सय मा बेच्न सके राम्रो देउता। बुद्ध मात्र बुद्ध रहेनन अब। म बिभाजन गर्छु, ४ इन्चका बुद्ध, ८ इन्चका बुद्ध, छोटा बुद्ध, अग्ला बुद्ध। म दिनभरी देउताको मोलतोलमा जीवन खुर्कन्छु र बेलुका नाफा घाट चडाउछु, खातामा। जब नाफाको तालिका बड्धै जान्छ, देउता खुशी भए होलान भन्ठान्छु। एदी कही साच्चिकै  देउता भए ऊ कसरी हेर्दो हो मेरो देउताको कामलाई!

Read Full Discussion Thread for this article