Some more:
भउते: एउटा दाँत फुकालेको कति ?
शिरीष: दुखाएर फुकालेको २०० डलर, नदुखाएर फुकालेको १०० डलर
भउते: नदुखाएर फुकालेको सस्तो रहेछ । ल नदुखाएर फुकाल ।
(शिरीष anesthesis प्रयोग नगरीकन भउतेको दाँत उखेल्न थाल्छ)
भउते: ऐयाबाबा ! मार्यो बज्ज्याले ।
शिरीष: एई नकरा, दुख्यो भने २०० लाग्छ, बिर्सिस् ?
*** *** *** *** *** *** *** *** *** *** ***
भउते: (receptionist संग) म डाक्टरसापसंग appointment लिन आको । शिरीष छ ?
रिसेप्सनिस्ट : अहँ, वहाँ बाहिर जानु भा’ छ । तर..
भउते: (खुशी हुँदै) अनि अर्को पटक कहिले बाहिर जान्छ हँ उ ?
*** *** *** *** *** *** *** *** *** *** ***
शिरीष: ल ठूली यो कस्मेटिक सर्जरी पछि तिमी अर्कै युवती हुनेछ्यौ ।
ठूली: हुन्छ शिरीषदा, बिल पनि अर्कै युवतीकहाँ पठाईदिनु है ?
बालगोपाल: एउटा दाँत फुकालेको कति ?
शिरीष: २०० डलर ।
बालगोपाल: २ मिनेट लाग्ने कुराको पनि २०० डलर ?
शिरीष: चाहनुहुन्छ भने २ घन्टा लगाएर फुकादिउँला नि ।