Posted by: world_map March 17, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        

ठूली, मेरो नि ठीकै छ। आज आयरल्यान्डमा सेन्ट प्याट्रिक्स डे भएकोले हरियो टिसर्ट लाउने विचारमा छु। अस्ति
नै किनेको थें, सेन्ट प्याट्रिक लेख्या टिसर्ट। आज आयरल्यान्ड नि मिस गरिरा'छु, डब्लिनको त्यो परेड चैं एकदम मज्जाको
हुन्थ्यो। यसपाली त नेपालीहरू पनि भाग लिंदैछन् परेडमा, विश्वका ३० देशका मानिसहरू भाग लिंदैछन्। अम्रिकाका
धेरै ब्यान्डहरू नि आउँछन्। पोहोर र परार साल मैले फोटू खिचेर टाँस्या थें साझामा, यसपाली चैं अरूले खिचेको
फोटू हेरेर चित्त बुझाउनु परो!

Read Full Discussion Thread for this article