Posted by: uptowngal March 17, 2008
Teeth Whitening Study
Login in to Rate this Post:     0       ?        

DC मा छद्के मुस्कान, बोस्तनमा दन्ते मन्जन


 

हिजो शनिबार एसो DC घुम्न गएको। घुम्दै घुम्दै जाँदा एउटा स्काइ ब्लु तिसर्ट लगाएको हातमा क्यामेरा भिरेको पछाडिबाट हेर्दा सल्मान खान जस्ताइ ह्यान्सी केटा देखेर एक्चिन म उस्को  पछी पछी लागे। हिड्दा नि सल्मान खान नै जस्तो गरी ढल्की ढल्की हिंडेको देखेर सल्मान खान नै भन्थानेर Excuse me भनेर अतोग्राफ लिन खोजेको त हाम्राइ नेपे दाई पो राइछ। "के हो नेपे दाई क्यामरा भिरेर एस्तो हिरो भेर DC घुम्दै हो कि क्याहो" भनेको त नेपे दाइले मुसुक्क हास्नु भो। हाँस्दा खेरि त नेपेदाइको दाँत नै छैन, खित खित खित ।

नेपे दाई हासेको देखेर तर्सिएर मैले "नेपे दाई खै त हजुरको दात" भनेर सोदे-- "के अस्ती निउ योर्क मा देख्दा त हजुरको दात ठिकै थियो जस्तो लागेको थियो।" हुन त हेर्ने हो भने त्यो निउ योर्कमा सबै भन्दा तल्क तल्केको र मिलेको दाई हाम्राइ नेपे दाइको थियो। नेपे दाइले भन्नु भो "सिरिसेले बोस्तोन भन्ने थाउमा दात तल्काउने कम्पनी खोलेको छ रे अनी मलाई फोन गरेर "नेपे गुरु मैले दात तल्काउने कम्पनी खोलेको छु अब गुरुलाई ५०% दिस्काउत दिन्छु ल हजुरले तुरुन्त दात पथाइ दिनु" भनेर फोन गरेको थियो। मैले नि अब ५०% दिस्काउत दिने भनेची किन नतल्काउने नि दात भनेर पथाइ दिए। अहिले त त्यो मोरो सिरिसेले के भन्छ थाहा छ ठुलि, मेरो दात तल्काउदा तल्काउदै गजल फुर्यो भनेर गजल लेख्न भनेर मेरो दातलाई पानीमा दुबाएर गजल लेख्न बसेछ। गजल लेखेर अब दातको के हालत छ भनेर हेर्दा त दात नै नदिखे पछी के भो भनेर खोजी गर्दा त दातलाई पानीमा होइन कन्सन्ट्रेटेड हाइद्रो क्लोरिक एसिदमा पो दुबाएर मेरो दात नै खतम बनाइ दिएछ। ल हेर त तिम्रो नेपे दाइ अहिले थोते भएर बस्नु परेको छ।"


खित खित खित अब मार्नु हुन्छ नेपे दाई र सिरिस दाइले ।

Last edited: 17-Mar-08 08:48 AM
Read Full Discussion Thread for this article