Posted by: lopchanlama March 17, 2008
नेपाली गजल क्रमश: ........
Login in to Rate this Post:     0       ?        

shirish जी,
केही ब्यस्तताले गर्दा तपाईंको गृहकार्य समयमा गर्न सकिन, त्यसको लागि माफि चाहन्छु। मैले नयाँ रचना कोरेको छु। कस्तो छ प्रतिकृया पाउ है


 

रुखो भए बोलि-चाली, बोल्नु हुन्नथ्यो

मनका कुरा थाती राखी, खोल्नु हुन्नथ्यो

 

सम्झनाको तस्बिरहरु क्यानभासमा राखेर

छता-छुल्ल भुईमा पारी ,पोल्नु हुन्नथ्यो

 

एउटै थियो प्रण हाम्रो सगै जिउने-मर्ने

तराजुमा आज राखेर, तोल्नु हुन्नथ्यो

 

जिउनु पर्यो सम्झनाको तस्बिर अंगालेर

बिष मायामा दुबैले, घोल्नु हुन्नथ्यो

 

रुखो-सुखो भई हाल्छ जीवन गोरेटोमा

आबेशमा दुबैले खुर्सानी, मोल्नु हुन्नथ्यो

Read Full Discussion Thread for this article