यो शब्द उच्चारण गर्न जति सजिलो छ त्यसको भाव उत्तिकै गहिरो छ। हिप्पीहरु "Free Tibet" लेखिएको टि-सर्ट लगाएर गांजामा लठ्ठीएर घाम ताप्दै सुतेको देख्दा लाग्छ तिब्बत सित्तैमा घुमेर यसै गरेर दंगदास भएर सुत्नु हो। पर्यटकबाट अर्थतन्त्रमा ठुलै टेवा पुगेको तिब्बतमा यो नारा हिमकाय देशको त्रासले फिरन्तेको टि-सर्टमा सिमत हुन पुगेको छ।
आधी शताब्दी अघीबाट आफ्नो पहिचान गुमाएको तिब्वत हिजो आज बर्षमा १ पटक अझै चर्चामा आउने गर्छ। तर यस पटकको चर्चा भने लामै समयसम्म रह्यो। अझ भन्नु पर्दा आजको दिन सम्म तिब्वतको खबरले समाचारमा ठाउ ओगटिरहेकोछ। करिब करिब यो खबरबाट बेखबर नेपाली पत्रिका नेपालकै शहरहरुमा आफ्नो देश मुक्त गराउन पहल गरिरहेका तिब्तिय शरणार्थीहरुले नेपालमा पर्दशन गर्न पाउछन र, बहश गर्दैछन नेपाली जनता। दु:खको कुरा नेपालकै पहिचान भारी भइरहेको देशमा आफ्नो देशको पहिचान खोज्दैछन तिब्बतीहरु।करिब ४९ बर्ष पहिले तिब्बतको पूर्वी भुभाग चाम्डो हडपेर त्यस पछी १७ बुदे सम्झौता गेरर त्यही सम्झौतालाइ पासो बनाउदै सारा तिब्बतलाइ चिनले हडपेको थियो। तिन दिन सम्म चलेको चिनिया र तिब्बतीबिचको लडाइमा २००० तिब्बतिले ज्यान गुमाएका थिए। समर्थन बिरोध सधै हुने नै गर्छन। त्यतीबेला पनि तिब्बतका राष्ट्र प्रमुख दलाइ लामाले अमेरिका,बेलायत,भारत,रुस आदी देशसंग संरक्षणको लागी हार गुहार गरेका थिए। सुनुवाइ कतै भएन,चिलले कुखुराको चल्ला च्यापेर आकाशमा उढे जस्तो सबैले हेरी मात्र रहे। कुखुराको चल्ला चिल्लाए जस्तै चिल्लाउनु बाहेक शान्त तिब्बतीहरुको अरु उपाए केही रहेन। छानी छानी माओका सेनाले सताउदै गए, बाउलाइ बाधेर छोरालाइ बन्दुकले मार्न लगाए। साना साना तिब्बती बालकलाइ परिवार नियोजन गरियो। यातनाको सिमा रहेन। कति जिउदै जलाइए, कति म्रत्यु र जिबनको दोसांधमा सास धान्दै बांचे। जिउदै आफ्नो अगाडी म्रत्यु नाचेको देख्नु भन्दा पहाड काटेर दक्षीण झर्नु स्रेयसक्कर ठाने। दक्षीणको यात्रा त्यती सजिलो थिएन, हिम पहाड काट्दा ज्यान नै जोखीमा हुन्थयो तर जिउदै मारिनु भन्दा पहाडमै मर्न रोजे र नेपाल तथा भारतमा शरणार्थी बन्न पुगे। कैयौं दिनको उकालो र ओरालो, हिउ बग्ने खोला र खानेकुराको अभाव, धेरै बुढा बुढिले हिम पहाडमै अन्तिम आराम गर्ने ठाउ बनाए। आफ्नै प्रियजन अनकन्टार पहाडमा संसार छोड्दा मरेका लाशलाइ ढुगांले थिचेर छोडेर जान्थे आफ्न्तहरु। केहि समय यता उता भएको चिनिया सेनाको गोलीको शिकार बन्नुपर्थ्यो।सिमा सुरक्षा निकै कडा थियो। दलाइ लामाले तिब्बत छोड्दा त हेलीकप्टर लगाएरै खोजी गरिएको थियो। उनको हत्या गर्न पोतला दरबारमा नै आगो लगाइको थियो र भोली पल्ट चीनिया सेना जलेका मान्छेलाइ उत्तानो पार्दै दलाइलामा हुन कि होइनन जाच्दै हिडेका थिए। तिब्बत छोडेर नेपाल पस्दा देउरालीमा उनिहरुले कपडा बाधेर जान्थे जस्को अर्थ हुन्छ "Free Tibet"। म्रित्युसंगै जुधेर देश पार गर्दा पनि अन्तिममा देशलाइ मुक्त गर भन्न कहिलै भुलेनन तिब्बतीहरुले।
अहिले चिन विश्वमा ठुलै हैसियत राख्ने मुलुक भएको छ। तर चिन जबरजस्ति हडपेको तिब्बतलाइ आफ्नै हिस्सा ठान्छ भने सारा विश्व चिनकै मौन समर्थन गरिरहेको छ। इसं १९४९ मा तिब्बत छुट्टै देश भनेर अनुमोदन गरेको छिमेकी राष्ट्र नेपाल पनि चिनिया आर्थिक सहयोगको प्रोभोलनमा तिब्बत समस्या चिनको आन्तरीक मामला भनेर पन्छिने गरेको छ। तर फेरी तिब्बतीहरु तिब्बत गुमेको ४९ बार्षिकीमा जुरमुराएका छन तिब्बत खोज्न। खुला देशको रुपमा चिनीन २९औं ओलम्पिक आयोजना गर्नेलागेको चिनलाइ यस पटक भने तिब्बती आन्दोलनले सारै अप्ठ्यारोमा पारेको छ। जतीसुकै शक्तीसाली देश होस, त्यो भन्दा शक्तीसाली जनता हुन्छन। आफ्नो शक्ति खेर जान नदिइ सहि प्रयोग गर्दै गएमा एक दिन तिब्बत पक्कै पनि चिनबाट मुक्त हुनेछ।