मार्मिक !
किन्तु एउटा चिन्ता भनम् कि सन्देह भनम् ले घर गरिरहेको छ मलाई । भोलीको रात के होला, कस्तो होला, कति फरक होला आदि ईत्यादि ।
आजको रातको कार्यसूचीमा भावुकता भारी रहेको देख्दा त भोलीको रातमा पनि आजकै रातको पुनरावृत्ति हुने अथवा, अझ डरमर्दो कुरा, त्यो पुनरावृत्तिबाट मुक्त हुन ढाँट (denial) को सहारा लिने काम शुरु हुने पो हो कि भन्ने भय छ मलाई ।
निम्न एजेन्डा एकमात्र बुँदा हो जसले प्रोटागोनिस्ट महोदय अग्रगमन तिर उन्मुख हुन सक्ने सम्भावना देख्छु म,
“तिमीले मलाई माया गर्न नसक्नुको कारणहरु म केलाउनेछु”
तर म यसमा पनि कताकता “तिमी” मा बढी जोड र “आफु” लाई कठघरामा उभ्याउन हिचकिचाईएको वा चुकेको भान हुन्छ ।
माथिको एजेन्डालाई निम्न रुपमा राखेको भए यो दोष रहने थिएन,
“मैले तिम्रो माया पाउन नसक्नुको कारणहरु म केलाउनेछु”
आसा छ मैले कवितालाई क्षति पुर्याईनँ ।
Nepe