Posted by: Nepe March 15, 2008
BHOKTANTRA IN NEPAL ...
Login in to Rate this Post:     0       ?        

तराईका आन्दोलनकारी (UDMF) लाई शान्त पारेर तराई बन्दबाट उत्पन्न आपूर्ति व्यवधान हटेको भन्नुपर्‍यो 15 दिन नाघिसक्दा पनि साझाको गृहपृष्ठको दाहिने सिरानमा रहेको गुनासो तुलिका अझै पिलिक पिलिक पल्टिरहेको देख्दा मलाई कुनै परिकथाको त्यो करुण वीर-पुरुष (knight in his shining armor) को याद आउँछ जो पीडित नायिका (damsel) उनको कथाबाट अघि बढेर सामान्य जीवन बिताउदा पनि पीडकहरुसंग लडेको लडेई गरिरहन्छ ।

 

कसैले पढेको छ त्यस्तो कथा ?

 

आमिर खानको अलग-धारको फिल्म राख (1987) मा त्यस्तो क्षण छ । पीडित नायिका निता (सुप्रिया पाठक) सामान्य जीवनतिर moved on भईसक्दा पनि कथाका नायक अमिर हुसेन (आमिर खान) खलनायकहरुसंगको प्रतिशोध युद्धमा हुन्छन् ।

 

नेपाली उपभोक्ताहरु अभाव-महंगीलाई थाती राखेर चुनावको सरगर्मीमा समाहित भईसक्दा पनि साझाको गृहपृष्ठको गुनासो ऐकवद्धता जारी रहेको दृश्य कताकता त्यस्तै कारुणिक लाग्छ मलाई ।

 

Nepe

 

 

Read Full Discussion Thread for this article