Posted by: KOOLDUDE March 14, 2008
MUST LISTEN sajha song by cheli
Login in to Rate this Post:     0       ?        
तिम्रो मनमा बस्ने मान्छे बन्नु कसो गरी
माया गर्छु तिमीलाई भन्नु कसो गरी
 
तिमी सामु आउँछौ जब गला सुके जस्तो हुन्छ
केही भन्न खोज्छु शब्द रुके रुके जस्तो हुन्छ
गला सुक्दा, शब्द रुक्दा बोल्नु कसो गरी
माया गर्छु तिमीलाई भन्नु कसो गरी
 
नजीक हुँदा छट्पटिन्छु पर जाँदा पनि
छट्पटिन्छु सुत्दा, उठ्दा, बस्दा, खाँदा पनि
छट्पटिंदै  भावहरु खोल्नु कसो गरी
माया गर्छु तिमीलाई भन्नु कसो गरी
 
भन्न केही सक्दिन म तिमी बुझिदेउ न
मायारुपी झरी पार्छु तिमी रुझिदेउ न
भन्न डर लाग्छ, आँट गर्नु कसो गरी
माया गर्छु तिमीलाई भन्नु कसो गरी
माया गर्छु तिमीलाई भन्नु कसो गरी् ।।

--------------------------------

Nice composition by Hangulama and lyrics by cheli. GREAT :-)
Read Full Discussion Thread for this article