Posted by: AASHKTA March 14, 2008
विन्ती………….
Login in to Rate this Post:     0       ?        

पालो बिनै हुलिन्छन खेतै-खेत,

आश्सनका बाढीहरु |

दौडिन्छन नयाँ उमार्छु भन्दै, खल्यानै -खल्यान

बिकासे रे यि बालीहरु ||


 रङगिन बादलहरु, ढाकिएर आकाश

अस्पष्ट झै छन, उज्याला ति ताराहरु|

बन्द चुकुलहरु, अपहरण परेर

उत्तेजित रातहरुमाझ 

शोककुल झै छन, यि गामहरु ||

पालो बिनै हुलिन्छन खेतै-खेत ........


 नौरङग फुस्रा अनुहारहरु पोतिएर

उभिरहन्छन ठिङग, विवस भित्ताहरु |

चन्द्र निल्ने अजिङगरको

मन्चन गर्दैछन, नाटकहरु ||

पालो बिनै हुलिन्छन खेतै-खेत .......


 त्यसैले विन्ती,

नआउ अझै, फाटेका जिजिविषा उधार्न |

अनि अनुरोध छ,

नबिथोल नौलो क्षितिज हेर्ने,

यि संकल्पहरु ||

पालो बिना हुलिन्छन खेतै-खेत .......

***********************************************

 सुझाव  एवं सल्लाह स्वागत छ |  

 आशक्त



Read Full Discussion Thread for this article