Posted by: waka March 13, 2008
छाती खोप्न सजिलो होल छिनो पाठाछु
Login in to Rate this Post:     0       ?        

नेपे गुरु
शबदको लागि आभारी छु
यसो यताउता गरेर काफिया मिलाउन खोजे ,कस्तो भो ,सुझाब पाउने आशामा 

 
टोडन फोडन खप्पिश रछौ चिनो पठाकोछु
छाती खोप्न सजिलो होला छिनो पठाकोछु
 
बेला कुबेला नजर जुध्ला भनी नडराउ
भरोसा कुहिएर गन्हाको सिनो पठाकोछु
 
जरा काटेर छाड्यौ खङ्ग्रङ सुकेकोछु 
पिटिक्क भाचिने सिन्कोको झिनो पठाकोछु

छैठिको भाबीको लेखन ,न्वारनको टिप्पणी
ग्रह दशा खुट्ट्याएर ढाल्न चिनो पाठाकोछु

जवानीलाई रङ पोत्ने बजारमा के के भो
अब बिदाइको अनुहार मलिनो पठाकोछु 

 

 


 

Read Full Discussion Thread for this article