Posted by: Rahuldai March 13, 2008
सबिता र कबिता
Login in to Rate this Post:     0       ?        

सेरिल जी,
के गर्ने अब संयोग नि त्यस्तै पर्‍यो, हामी बाबु छोरी म: म: खाने कुरा गर्दा यहाँलाई भोक लाग्छ भने के गर्ने?
कोही छिटो हात चलाऊने भन्छन कोही ढिलो, म त आफ्नै गतिमा चलाऊछु हुन्न र?

भउते जी,
धन्यवाद टिप्पणिको लागि। आफ्नै शैलीमा लेख्दा सजिलो हुने रैछ।  मनको कुरा पोख्न पाइने। कहिले काही अक्कल न पुर्‍याइ नक्कल गर्दा सक्कल बमोजिम नहुने क्या।

 

पूण्टे दाई,

उपस्थिती जनाउ पनि लाख शब्द बरोबर मानेको छु, धन्यवाद।

दीपिका जी,
कथा पढ्न त बस्नु भयो। त्यसपछी? टिप्पणी पढ्न पाइएन।

फुच्चे केटा जी
हो भने। मेरो अनुभवमा बैंश साइत कुरेर आउदैन, यौवन लाइट बालेर आउँदैन।

यक्कु जी,
तपाईंलाई पनि यक्को यक्को धन्यवाद। (यक्को= धेरै नेवारीमा)

हर्कबहादुर जी,
छोरी ले नि उस्तै बोली बोल्ने भैसकी भने। आखिर संगत कस्को ?

नेप्चे जी,

बाँकी भाग नि क्रमश: आउने नै छ। समयमै।

पर्बते जी,
यो कथा संग अनुराधाको कुनै सम्बन्ध छैन र उल्लेख नहुनुको कारण पनि त्यही हो। अब दिया मिर्जाको फोटो रिट्ठे भाई ले राखी दिएकै छ क्या रे। चिन्नुस् है।

रिट्ठे जी,
धन्यवाद, पढिदिनु भो गुणीदिनु भो अनी फोटो नि टासिदिनु भो।
समय मिलाएर लेख्ने हो, ब्यबसायिक लेखक होइन नि। पढे जस्तो नि गर्नु पर्‍यो, नत्र खैरेले के को पैसा दिन्थ्यो।
 
 
 
 

Read Full Discussion Thread for this article