Posted by: Rahuldai March 11, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

ठुली हराएको सूचना!

यस चौतारीका अती सकृय , सबैका प्रिय,  म्रिदु भाषी, दुम्सी गाउं बासी,  चुलबुले नटखटे, ठुली अर्थात सबैकी बहिनी आज बिहान देखि चौतारीबाट हराएकी छिन्।

जन्मको दिन को अबसरमा केही बधाई बोकी हिंडेकी अहिले सम्म चौतारी फर्केकी छैनन्। कसै कसैले बधाई र गिफ्ट ले थिच्चिएकी, कसैले बधाई र गिफ्ट को साटो भोज खुवाउन पर्ला भनी भूमिगत भएकी भन्ने हल्ला चलाएको ले सत्य तथ्य ठुली आँफै चौतारीमा प्रकट भै स्पष्टिकरण दिनु पर्ने नितान्त जरुरी देखिन्छ।

तसर्थ, जहाँ कही गएकी भए पनि यो सूचना पाएको मिती र समयले ले १ घण्टा भित्र तु चौतारीमा हाजिर हुन यो सूचना प्रकाशित  गरिएको छ।   कुनै महानुभावले ठुली भन्ने बहिनिलाई भेटे देखे भने ह्याप्पी बर्थ डे भनी अभिबादन गरी यो सूचना प्रिन्ट गरी गिफ्ट को शैलीमा हातमा राखिदिनु होला र बद्ला मा धन्यवाद ग्रहण गर्नु हुन हार्दिक अपिल गरिन्छ।


 

Read Full Discussion Thread for this article