Posted by: Nepe March 10, 2008
WHAT SHOULD BE IN THE ELECTION MANIFESTO THIS TIME?
Login in to Rate this Post:     0       ?        

UML’s election manifesto:

http://www.cpnuml.org/?nid=105

 

(Note: It’s incomplete. Keep checking their website for fuller text)

 

संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरौं !

सबल र सम्वृद्ध नेपालको निर्माण गरौं !!

 

संविधानसभाको निर्वाचनका लागि नेकपा एमालेको घोषणापत्र-२०६४

 

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु !

हामी नेपाली इतिहासमै पहिलोपल्ट संविधानसभा निर्वाचनको महत्वपूर्ण चरणमा आइपुगेका छौं । आफ्नो देशको भविष्यको रूपरेखा आफ्नै हातले कोर्न पाउने यो र्सवाधिक महत्वपूर्ण अधिकार प्राप्तिको लागि हामीले लामो समयदेखि वलिदानी संघर्ष गर्दै आएका छौं । यस दौरान नेपाल आमाका अनेकौं सन्ततिहरूले आफ्नो जीवन उर्त्र्सग गर्नु भएको छ, आन्दोलनमा घाइते हुनु भएको छ र दमन एवं यन्त्रणाका कष्टकर क्षणहरूको सामना गर्नु भएको छ । यही बलिदानी संर्घषले हामीलाई र्सार्वभौम जनताको हैसियतमा आफ्नो संविधान आफै बनाउन पाउने महान अवसर प्रदान गरेको छ । यस महत्वपूर्ण घडीमा हामीहरू सामाजिक मुक्ति र राष्ट्रिय स्वतन्त्रताका निम्ति सञ्चालित आन्दोलनहरूमा, विशेषतः गत वर्षविकसित भएको शान्तिपूर्ण जनक्रान्तिको क्रममा आफ्नो अमूल्य जीवन उर्त्र्सग गर्ने आदरणीय वीर अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौं । आन्दोलनमा घाइते मित्रहरूको स्वास्थ्य लाभको कामना गर्दछौं र निरङ्कुश राजतन्त्रलाई परास्त गर्न सफल तपाईं महान आन्दोलनकारी जनताप्रति हार्दिक अभिनन्दन गर्दछौं । संविधानसभाको निर्वाचनलाई हामीहरु एक स्वाधीन, सबल र सम्वृद्ध संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माण गर्ने ऐतिहासिक अवसरका रुपमा प्राप्त गरिरहेका छौं । यो अवसरलाई सफलतापूर्वक उपयोग गरेर मात्र राजतन्त्रलाई उन्मूलन गर्ने, लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने, राज्यको पुनःसंरचना गर्ने, दिगो शान्ति स्थापना गर्ने, वैज्ञानिक भूमिसुधार गर्ने र आफ्नो संविधान आफैं बनाउने ऐतिहासिक उचाईमा पुग्न सक्नेछौं । त्यो नै दुनियाँलाई आर्श्चर्य चकित बनाउने ऐतिहासिक जनआन्दोलनको जनादेश पनि हो । त्यसैले नेपाली समाजमा सामाजिक, आर्थिक रुपान्तरण ल्याउने यो ऐतिहासिक अवसरको ढोका खोल्न उच्च मनोवल, असाधारण निर्भिकता र अपूर्व दृढताका साथ अग्रसर हुन नेकपा -एमाले) स्वदेश तथा प्रवासमा रहनुभएका पार्टर्ीी सदस्य, र्समर्थक, शुभेच्छुक एवं सम्पूर्ण लोकतन्त्र र शान्तिप्रेमी देशभक्त जनसमुदायमा हार्दिक आव्हान गर्दछ । संविधानसभाको निर्वाचनः लोकतन्त्र, दिगो शान्ति र अग्रगमन संविधानसभाको निर्वाचन हाम्रा अग्रजहरूको सपना हो, हाम्रो ६ दशक लामो आन्दोलनको माग हो । जनताको वलिदानी संघर्षले २००७ सालमा जहानियाँ राणाशासन समाप्त भएपछि संविधानसभाको निर्वाचन मार्फ् बन्ने नयाँ संविधानबाट मुलुकमा लोकतान्त्रिक शासन व्यवस्था स्थापना गर्ने प्रतिवद्धता व्यक्त गरिएको थियो । तर राजतन्त्रको षडयन्त्रले यसलाई त्यसै तुहाइयो र २०१७ सालमा अधिनायकवादी निरङ्कुश व्यवस्था लादियो । नेपाली जनताले त्यसका विरुद्ध अनवरत संघर्ष गरिरहे । २०४६ सालको ऐतिहासिक जनआन्दोलनले निरङ्कुश राजतन्त्रलाई पछाडि हट्न बाध्य पार्यो र बहुदलीय प्रजातन्त्र स्थापना गर्यो । तर जनताको सर्वोच्चता, र्सार्वभौमसत्ता र राजकीय अधिकार स्वीकारेर संवैधानिक सीमाभित्र बस्ने संझौता र आफ्नो प्रतिवद्धतालाई उल्लङ्घन गर्दै राजतन्त्रले प्रजातन्त्र विरुद्ध षडयन्त्र जारी राख्यो । नृशंस राजदरबार हत्याकाण्डपछि सत्तारूढ भएका राजा ज्ञानेन्द्रले २०५९ असोज १८ गतेको प्रतिगमन र २०६१ माघ १९ को कू मार्फ तानाशाही लाद्ने प्रयास गरे । शान्तिपूर्ण जनक्रान्तिको स्वरूप लिएको २०६२/६३ को जनआन्दोलन यस्तो ऐतिहासिक परिघटना हुनपुग्यो, जसले विश्व जनसमुदायलाई समेत आकषिर्त मात्र गरेन, नेपाली जनताको प्रतिष्ठालाई समेत माथि उठायो । एक्काइसौं शताब्दीको एउटा विशिष्ट राजनीतिक घटनाको रूपमा विश्व राजनीतिक मानचित्रमा अङ्िकत यो आन्दोलनले सैनिक बलमा आधारित निरङ्कुश राजतन्त्रलाई मात्रै घुँडा टेकाएन, सामन्तवादका आधारहरूलाई समाप्त पार्दै नयाँ र समुन्नत नेपाल निर्माण गर्ने ऐतिहासिक संभावना समेत प्रस्तुत गर्यो । जनआन्दोलनबाट सुरु भएको यो क्रान्तिकारी प्रकृया जारी छ र हामीले संविधानसभा मार्फ् आन्दोलनका जनादेशलाई सम्पन्न गरेर यसलाई पूर्ण बनाउनु आवश्यक छ । संविधानसभा निर्वाचन एउटा यस्तो क्षण हो, जसले जनतालाई आफ्नो संविधान आफैंले बनाउने महत्वपूर्ण अवसर प्रदान गर्छ । फाान्स लगायत विश्वका कतिपय मुलुकले वंशानुगत निरंकुश शासन समाप्त गरी विधिको शासन शुरु गरेको दुइ सय वर्षभन्दा पछि नेपाली जनताले प्राप्त गरेको यो अवसरले नेपाललाई ऐतिहासिक रुपमा नै विश्व समुदायका बीच नयाँ स्वरूपमा स्थापित गर्नेछ । संविधानसभा निर्वाचनले पहिलो पटक नेपाली जनतामा निहित र्सार्वभौम अधिकारको प्रयोग गर्न र आफ्नो सर्वोच्चता स्थापित गर्न अवसर प्रदान गर्नेछ । आजसम्म शासकहरूले तोकिदिएको स्थानमा बस्न बाध्य नेपाली जनताद्वारा पहिलो पटक मुलुकका सबै शक्तिहरूको स्थान निर्धारण हुनेछ । संविधानसभा निर्वाचनले नेपालमा पन्ध्र सय वर्षभन्दा अघि देखि जारी सामन्ती राजतन्त्र र २४० वर्षदेखि कायम शाहवंशीय राजतन्त्रलाई अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नेछ । एघार वर्षअगाडि शुरु भएको माओवादी व्रि्रोहको शान्तिपूर्ण समाधानको जारी प्रक्रियालाई पनि पूर्णता दिनेछ । राजनीतिक उद्देश्यको निम्ति कसैले पनि हतियार उठाउन नपर्ने स्थितिको निर्माण गर्दै जनताको अभिमतको आधारमा शान्तिपूर्ण माध्यमबाट समाज परिवर्तनको प्रक्रियालाई अगाडि बढाउनेछ । नेकपा एमाले गौरवपूर्ण संघर्ष र नयाँ संकल्प सामन्तवाद, दलाल-नोकरशाही पुँजीवाद र साम्राज्यवादका सबै प्रकारका शोषण-उत्पीडनलाई समाप्त पार्दै जनताको जनवादी व्यवस्था स्थापना गर्ने उद्देश्यकासाथ २००६ सालमा स्थापित हाम्रो पार्टीले विगत ६ दशकसम्म निरन्तर जनता र राष्ट्रको पक्षमा संघर्ष गर्दै आएको छ । हाम्रो पार्टी राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा दृढतापूर्वक उभिदै आएको छ । आन्दोलनको मोर्चामा निरन्तर अगुवाई गर्दै निरङ्कुशतन्त्रका विरुद्ध लोकतन्त्रका लागि संझौताहीन संघर्ष तथा जनता, राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानप्रति अटल निष्ठा हाम्रो पार्टीको परिचय बनेको छ । सात सालदेखि पन्ध्र सालसम्मको अस्थीर राजनीतिक वातावरणमा कम्युनिष्ट पार्टीले राष्ट्रिय हीत एवं जनअधिकारको सुरक्षाको पक्षमा दृढतापूर्वक आवाज उठायो भने सत्र सालको तानाशाही कदम पछि निरन्तर बलिदानी संघर्ष संचालन गर्यो । निरंकुश पञ्चायती व्यवस्था अन्तरगत दमनकारी शासनका विरुद्ध अदम्य साहस र बलिदानद्वारा आन्दोलनलाई गति दिने कम्युनिष्ट योद्धाहरूले नै निरङ्कुशतन्त्रको जग हल्लाइ दिएका थिए । कमरेड पुष्पलालको संयुक्त जनआन्दोलनको प्रस्तावलाई नेपाली काङ्ग्रेसले दम्भका साथ वेवास्ता गर्नाले पञ्चायतको आयु लम्बिन गयो । तथापि, वामपन्थी आदर्शले ओतप्रोत युवा विद्यार्थीहरुको २०३५/३६ सालको आन्दोलनले त्यसको जग हल्लाई दिएको थियो । हाम्रो पार्टीले अगाडि सारेको संयुक्त जनआन्दोलनको प्रस्ताव नै २०४६ सालको आन्दोलनको मुख्य आधारविन्दु बन्न पुगेको कुरा ऐतिहासिक तथ्य हो जसमा आन्दोलनको मुख्य संवाहकको रूपमा हाम्रो पार्टीका हजारौं नेता/कार्यकर्ताले अग्रणी भूमिका निर्वाह गरेका थिए । नेकपा एमाले नै त्यो पार्टी, जसले उक्त आन्दोलनका उपलव्धीलाई संरक्षण गर्न आहृवान गरेको थियो र यसका सीमाहरूलाई उद्घाटित गर्दै यसलाई सामाजिक-आर्थिक रूपान्तरणको तहसम्म विस्तारित गर्नुपर्ने मान्यता अगाडि सारेको थियो । २०४७ सालको संविधानमा कमरेड मदन भण्डारीको अगुवाइमा पार्टीले अगाडि सारेका आलोचनाका २७ बुँदाहरू कति सान्दर्भिक र दूरगामी महत्वका रहेछन् भन्ने तथ्य समयले पुष्टि गरिसकेको छ । २०४८ सालको आम निर्वाचनबाट स्थापित संसदमा प्रमुख विपक्षी दलको हैसियतमा होस् या २०५१ सालको मध्यावधि निर्वाचनपछि बनेको अल्पमतको सरकारमा रहेर होस् नेकपा एमालेले छोटो समयमै देश र जनताको हीतमा अगाडि सारेका नीति र कार्यक्रम कति लोकप्रिय र हितकर थिए भन्ने तथ्य सबैलाई जानकारी भएकै हो । २०४६ सालको संयुक्त जनआन्दोलनका उपलब्धीहरुलाई संस्थागत गर्न निश्चित समयसम्म आन्दोलनकारी शक्तिहरू बीचको सहकार्यको लागि नेकपा एमालेले अगाडि सारेको प्रस्तावको महत्वलाई उग्र कम्युनिष्टविरोधी भावनाले ग्रस्त नेपाली कांग्रेस लगायतका कतिपय शक्तिले समयमै बुझन सकेनन् । परिणामस्वरुप, एकातर्फआन्दोलनकारी शक्तिहरु बीच कटु द्वन्द्व शुरु भयो भने अर्कातिर नेकपा -माओवादी) ले संसदीय व्यवस्था विरुद्ध व्रि्रोह नै शुरु गर्यो । यसबाट फाइदा उठाउँदै प्रतिगामी शक्तिहरू शक्ति सञ्चय गर्न र लोकतन्त्रमाथि प्रहार गर्न समेत सफल भए । र, माघ १९ को कु को दुस्प्रयत्नसमेत गर्न पुगे । हाम्रो पार्टी हिंसाको बलमा राज्यसत्ता कब्जा गर्ने उग्रवामपन्थी दुःसाहसवादका विरुद्ध लगातार विचारधारात्मक संघर्ष र यसको शान्तिपूर्ण समाधान खोज्न लगातार राजनीतिक प्रयत्न जारी राख्यो । आफ्ना १५० जना भन्दा बढी कार्यकर्ताहरूको माओवादीद्वारा हत्या हुँदाहुँदै पनि हाम्रो पार्टीका नेताहरुले अत्यन्त प्रतिकुल परिस्थितिमा समेत जोखिम बहन गर्दै माओवादी समस्याको शान्तिपूर्ण समाधानको निम्ति गरेको अथक प्रयत्न सबैका सामु र्छलङ्गै छ । आज हिंसा र बन्दुकको बलमा राज्य कब्जा गर्न चाहने र व्रि्रोहलाई सैन्य बलमा समाप्त पार्न चाहने दुबै अतिवादी मान्यता पराजित भएका छन् । विपरीत धु्रुवमा रहेका शक्तिहरू संविधानसभाको निर्वाचनको निम्ति एकै ठाउँमा आइपुगेका छन् । आन्दोलनको सफलतापछि यसका उपलब्धिहरुलाई संस्थागत गर्न र शान्ति प्रक्रियालाई अघि बढाउन संसद, सरकार, वार्ताटोली र आठ दलभित्र नेकपा -एमाले) ले निर्वाह गरेको सक्रिय भूमिका जनसमुदायका सामु स्पष्टै छ । ती क्रान्तिकारी उपलब्धीहरुलाई सामान्य सुधारमा सिमित राख्न चाहने सुधारवादी-यथास्थितिवादी मान्यता विरुद्धको सतत् संघर्ष गर्ने देखि जनसंर्घष्ाका सीमा, शक्ति सन्तुलनको अवस्था र सहकार्यको वस्तुगत यथार्थलाई वेवास्ता गर्दै आफ्ना एकाङ्गी मान्यता लाद्न चाहने उग्रवामपन्थी प्रवृत्तिका विरुद्ध पनि नेकपा -एमाले) ले खबरदारी गर्दै आइरहेको छ । संविधान निर्माणको सिलसिलामा नेकपा एमालेक तर्फबाट अगाडि सारिएका जनमत सङ्ग्रह र समानुपातिक निर्वाचन पद्धतिलाई अवलम्बन गर्नुपर्ने अडानको र्सार्थकतालाई घटनाक्रमहरुले पुष्टि गरिरहेका छन् । हामी गर्वका साथ भन्न सक्छौं, नेपालको लोकतान्त्रिक आन्दोलनका अनुभव र अन्तर्राष्टिय कम्युनिष्ट आन्दोलनका शिक्षालाई संश्लेषण गर्दै पार्टीले अगाडि सारेको नेपाली विशिष्टतामाथि आधारित जनताको बहुदलीय जनवादको प्रभाव नेपाली समाजमा स्थापित भइसकेको छ । सिमित राजनीतिक स्वतन्त्रतालाई नै लोकतन्त्र ठान्ने तथा संवैधानिक राजतन्त्रलाई सिद्धान्तको रूपमा स्वीकार गर्ने शक्तिहरू लोकतान्त्रिक गणतन्त्र तथा सामाजिक न्याय सहितको लोकतन्त्रको पक्षमा उभिन आइपुग्नु नेकपा एमाले का मान्यताहरूको पुनर्पुष्टि हो भन्ने हाम्रो दाबी छ । राज्य सञ्चालनको मुख्य नेतृत्वमा नरहेको भएपनि नेपाली समाजलाई नीतिगत नेतृत्व दिने काम नेकपा एमालेले नै गरिरहेको माथिका सर्न्दर्भहरूले स्पष्ट पार्छन् ।

 

आजको परिस्थितिः उज्ज्वल संभावना र गंभीर चुनौती यतिबेला हामी सङ्क्रमणकालमा छौं र हाम्रा सामु अनेकौं गंभीर चुनौती उपस्थित छन् । शान्ति सुरक्षाको अवस्था अझै सुदृढ हुन सकेको छैन । सङ्क्रमणकालको व्यवस्थापन सही ढङ्गले हुन नसक्दा निराशा र आशङ्का बढ्न थालेको छ । कमजोर राज्य संरचनाको लाभ उठाउँदै समाजमा अराजकता फैलाउन चाहने तत्वहरू सकृय हुनथालेका छन् । जस्तासुकै माग अगाडि सार्ने र तिनलाई पूरा गराउन बलप्रयोगको प्रतिस्पर्धा शुरु भएको छ । समाप्तिको डिलमा पुगेको राजतन्त्र र प्रतिगामी शक्ति आफ्नो अस्तित्व टिकाउन अन्तिम प्रयास गरिरहेको छ । त्यसले जातीय र क्षेत्रीय आन्दोलनभित्र घुसेर साम्प्रदायिक रूप दिने, राज्यका अङ्गमा रहेका पुरातनपन्थी तत्वलाई उपयोग समेत गर्ने गरिरहेको छ । कतिपय सर्न्दर्भमा त "गणतन्त्र" कै खोल ओडेर राजतन्त्रको पक्षपोषण गर्नेे र आपराधिक तत्वहरूलाई सङ्गठित गर्दै हिंसा बढाउने प्रयास गरिरहेको छ । समाजमा विद्यमान आर्थिक शोषण र सामाजिक उत्पीडनका प्रश्नहरूलाई लोकतन्त्र, समृद्धि र राज्यको अखण्डतासंगै जोडेर हल गर्नुको साटो "विखण्डनका हतियार"को रुपमा दुरुपयोग गर्ने दुस्प्रयास हुनथालेको छ । यस्ता अनेकौं चुनौती हुँदाहुँदै यतिबेला हामीहरू सबल र सम्वृद्ध नेपाल निर्माणको उज्ज्वल संभावनाका सम्मुख उपस्थित छौं । नेपाली समाजमा देखापरिरहेको व्यापक हलचलले सामन्ती मूल्य- मान्यतामाथि आधारित पुरानो संरचनालाई समाप्त गर्दै नयाँ संरचना निर्माणको आधार तयार गरिरहेको छ । शाहवंशीय राजतन्त्र समाप्तिको सँघारमा छ र नेपालमा लोकतान्त्रिक गणतन्त्रको संभावना अब वास्तविकता बन्ने प्रक्रियामा छ । नेपालमा ì.............

Read Full Discussion Thread for this article