Posted by: world_map March 10, 2008
नेपालमा कर्के नजर, अमेरिकामा छड्के नजर
Login in to Rate this Post:     0       ?        

ठूली, त्यो ६ लम्बरको दामको त लाऽऽमो कहानी छ। कुरा के भने सानोमा ईस्कुलमा पढ्दा नेपालीमा चिठी लेख्न सिकाउनु
भा'को थ्यो सरले, मैले त्यो चिठीमा अलि थपघट गरेर मेरी किलासकि यौटी केटीलाइ दिएको, मोरीले लोप लेटर भन्ठानिछे।
अनि त ३ लम्बरको जुत्ता फुकालेर हानी मलाइ। त्यो बेला किलासभित्र छल्न नि सकिएन, गालामा ३ लम्बरको दाम बस्यो।
म जति ठूलो हुँदै गएँ, अनुहार नि ठूलो हुँदै गयो, अनि ३ लम्बरको दाम त अहिले ६ लम्बर जस्तो देखिन गयो।

त्यो घटनादेखि मैले नाच्न शुरू गरें, केटीलाइ जिस्काउने बित्तिकै डिस्को डान्स गर्थें, अनि केटीले हानेको स्यान्डिल मैले
छलेर पछाडिका साथीहरूलाइ लाग्थ्यो।

Read Full Discussion Thread for this article